Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वीरगंज बीपी उद्यानको जग्गामा...

वीरगंज, २८ मंसिर - वीरगंज महानगरपालिकाले बीपी उद्यान खाली गर्न दिएको म्याद सकिएसँगै...

अध्यक्ष ओलीले केन्द्रीय कमिटी...

काठमाडौं, २८ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय...

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरे : प्रधानमन्त्री

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री एवं तत्कालिन नेकपा ९एमाले० का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा शुक्रबार काठमाडौँको सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र अधिकारीहरुले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका हुन् ।

मनमोहनले सुरु गरेको आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्रा्ष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गर्नुभयो’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पुरा गर्छ ।’

प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने चलखेल सुरु भएको बताए ।
‘उहाँले ती समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर, उहाँसँग समय रहेन’ ओलीले भने, ‘उहाँको उतराधिकारीको रुपमा हामीले १२ बुँदे सम्झौतामार्फत द्वन्द्वको समाधान गर्यौं र राजतन्त्र सदाका लागि विदा गर्यौं ।’

प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यतिबेलै धेरै काम गर्न खोजेको बताए । ‘उहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पुरा गर्छौं’, प्रधानमन्त्री ओलीले भने ।

ताजा समाचार

थप समाचार