Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

श्रीलङ्का आक्रमण: प्रहरीको गल्तीले आक्रमणकारीको सूचीमा अमेरिकी महिलाको तस्बिर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

श्रीलङ्काली प्रहरीले आइतवार भएको आक्रमणमा संलग्न भएको शङ्कामा खोजी गरिरहेको सूचीमा भूलवश एक जना अमेरिकी महिलाको तस्बिर प्रकाशन गरेकोमा माफी मागेको छ।

अमारा मजिद मुस्लिम लेखिका हुन् जसले मुस्लिममाथिको पूर्वाग्रहहरू चिर्न ‘द फरेनर्स’ पुस्तक लेखेकी छन्।

उनले ट्वीटमा लेखेकी छन्: “श्रीलङ्काली प्रहरीले मलाई श्रीलङ्काको एक आइएस इस्टर आक्रमणकारीको रूपमा गलत पहिचान दिएको छ।”

“निन्द्रा खोल्नका लागि कस्तो कुरो!”

आइतवार चर्च र होटलहरूमा भएको आत्मघाती आक्रमणमा २५३ जनाको मारिनुको साथै सयौँ घाइते भएका थिए।

अमारा मजिदको एउटा तस्बिर श्रीलङ्काली प्रहरीले खोजी गरिरहेको शङ्कास्पद व्यक्तिको रूपमा जारी गरेको थियो।

उनको तस्बिर प्रयोग गरिएको शंकास्पद व्यक्तिको नाम भने फाथिमा खादिया हो।

मजिद अमेरिकाको बाल्टिमोर निवासी हुन् र उनका बुवाआमा श्रीलङ्काली हुन्।

“यो निश्चितरूपमा नितान्त गलत कुरा हो र खुलेर भन्नुपर्दा जुन हिसाबले हाम्रो समुदायलाई निगरानीको विषयले जसरी असर परेको छ त्यो बेला मलाई थप गलत आरोप र छानबिन चाहिएको छैन,” मजिदले लेखेकी छन्।

“कृपया मलाई यो भयावय आक्रमणसँग जोड्न रोक्नुस्,” उनले लेखिन्।

“र आइन्दा कसैको परिवार र समुदायलाई अतिक्रमण हुनसक्ने खतरा भएका यस्ता सूचना जारी गर्दा थप सचेत हुनुहोला।”

 

पूर्वाग्रहविरुद्धको लडाइ

मजिद १६ वर्षको उमेरमा मुस्लिम र गैरमुस्लिम महिलालाई हिजाब भनिने टाउको छोप्ने पहिरन लाएर आफ्नो अनुभव सामाजिक सञ्जालमा बाँड्न उत्प्रेरित गर्ने द हिजाब प्रोजेक्टको स्थापना गरेर चर्चामा आएकी थिइन्।

सन् २०१५ मा उनी बीबीसीको असाधारण १०० महिलाहरूको सूचीमा थिइन्।

डोनल्ड ट्रम्पले राष्ट्रपतिका लागि चुनावी अभियान चलाउँदै गर्दा उनले ट्रम्पलाई ‘अमेरिकी नागरिकहरूको डर र उन्मादलाई भजाउने दुर्जन’ भन्दै खुलापत्र लेखेकी थिइन्।

“मैले मेरो जीवनको लक्ष्य नै तिमीजस्ता मानिसले उत्पन्न गराउने हेयभावलाई मेटाउने र मुस्लिमहरूका सम्बन्धमा रहेका पूर्वाग्रह हटाउने राखेकी छु,” उनले त्यतिबेला लेखेकी थिइन्।

ताजा समाचार

थप समाचार