Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

निर्वाचन सुरक्षाका लागि हातहतियार...

रौतहट,०७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष,...

रौतहटमा लागूऔषधसहित भारतीय नम्बरका...

रौतहट,०७ माघ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न...

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

जेट एयरवेजको उडान बन्द भएपछि काठमाडौं-दिल्ली उडानको बजार हिस्सा खोस्न प्रतिस्पर्धा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं। भारतीय वायुसेवा कम्पनी जेट एयरवेज बन्द भएपछि काठमाडौं-दिल्लीको बजार हिस्सा लिन एयरलाइन्स कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ।

यो रुटको बजार लिन सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम र भारतीय वायुसेवा कम्पनी इन्डिगोले उडान थप्दैछ। जेटले दिल्ली-काठमाडौं दैनिक चारवटा उडान गर्दै आएको थियो।

निगमले वैशाख १८ गतेदेखि दैनिक दुई वटा उडान गर्ने भएको छ। जेटले उडान भर्दा निगमले दैनिक एउटा मात्रै उडान गरेको थियो।

निगमका प्रवक्ता नवराज कोइरालाले भारतीय नागरिक उड्डयन प्राधिकरणसँग भएको सम्झौंता अनुसार वैशाख अर्को सातादेखि दैनिक १४ वटा उडान गर्न लागिएको जानकारी दिए।

‘जेट एयरवेज बन्द भएपछि यात्रुको चाप बढ्यो। यात्रुको चाप बढेपछि अस्वभाविक रुपमा हवाई भाडा समेत बढ्यो। हामीले भाडादरमा समेत हस्तक्षेपकारी भूमिका खेल्न दैनिक दुई उडान गर्न लागेका हौं’ उनले बिजमाण्डूसँग भने,’यसले उपभोक्तालाई राहत हुने विश्वास लिएका छौं।’

जेट एयरवेज बन्द हुने वित्तिकै काठमाडौं-दिल्लीको एकतर्फी भाडादर ४० हजार रुपैयाँ माथि पुग्यो। महँगोमा समेत टिकट पाउन नसकेपछि निगमले उडान थप्न लागेको हो। जेट एयरवेजले उडान भर्दा काठमाडौं-दिल्लीको हवाई भाडा १० हजार रुपैयाँको हाराहारीमा थियो।

कोइरालाका अनुसार निगमको विहानको उडान एक सय ५८ सिट क्षमता भएको न्यारोबडी जहाज (एयरकस ३२०) मार्फत गरिनेछ भने दिउँसोको उडान दुई सय ७४ सिट क्षमता भएको वाइडबडी जहाज (एयरबस ३३०) मार्फत गरिनेछ।

निगमले अहिले पनि मूल्यमा हस्तक्षेपकारी भूमिका खेलिरहेको छ। कोइरालाका अनुसार निगमले काठमाडौं-दिल्लीको एकतर्फी भाडा १० हजार रुपैयाँमा बिक्री गरिरहेको छ। दिल्ली-काठमाडौं उडान भरिरहेको इन्डिगोले एक महिनाभित्रै थप उडान गर्दैछ।

इन्डिगोको जनरल सेल्स एजेन्ट प्रेसिडेन्ट ट्राभलले मे महिनाभित्रै उडान थप्ने जानकारी दिएको छ। अहिले यो एयरलाइन्सले दैनिक एउटा उडान गर्दै आएको छ। जेट बन्द भएपछि इन्डिगोको भाडादर भने महँगिएको छ। यो रुटको एकतर्फी भाडा ३४ हजार रुपैयाँ पुगेको छ।

ड्रुक र भुटानको सस्तो फेयर
नेपाल वायुसेवा निगमपछि ड्रुक र भुटान एयरको भाडादर सस्तो छ। ड्रुक एयरले काठमाडौं-दिल्ली उडानको इकोनोमिक क्लासको भाडादर ११ हजार ८ सय रुपैयाँ छ।

ड्रुकले साताको तीनवटा उडान गर्छ। भुटानको पारोहुँदै काठमाडौं-दिल्ली उडान गर्छ।त्यस्तै भुटान एयरले साताको दुई उडान गर्छ। यो एयरलाइन्सले काठमाडौं-दिल्ली उडानको एकतर्फी भाडादर २१ हजार रुपैयाँ मात्रै छ।

महँगो भाडा
एयर इण्डियाको एकतर्फी भाडादर ३९ हजार ३ सय ९४ रुपैयाँ छ। कम्पनीले काठमाडौं-दिल्लीको उडान मे महिनासम्मको लागि टिकट बुकिङ भइसकेको स्रोतले बतायो। यो कम्पनीले दैनिक दुईवटा उडान गर्दै आएको छ।

ताजा समाचार

थप समाचार