Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

जिउँदै आगो लगाएर गम्भीर घाइते भएकी कञ्चन सधैका लागि विदा भइन्

spot_img

जनकपुर। जिउँदै आगोले जलेर गम्भीर घाइते भएकी सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्वेको उपचारको क्रममा ज्यान गएको छ । करिब ८० प्रतिशत भाग जलिसकेको अवस्थामा भेटिएकी खत्वेको काठमाडौँ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा शुक्रबार ५ बजेर २० मिनेटमा ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान ९ः१५ बजेतिर उनको शरीरमा आगो लागेको फेला परेको थियो ।

तत्कालै पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उद्वार गरी उपचारका लागि मिर्चैया पठाएको थियो । मिर्चैयामा उपचार हुन नसक्दा धरानस्थित घोपा क्याम्प पठाइएको थियो । घोपा क्याम्पमा पनि उपचार स्म्भव नभएपछि शुक्रबार उनलाई काठमाडौं लगिएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुखदेव खनालले जानकारी दिए ।
घरायसी विवादका कारण २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई पति बेचन मण्डलले मट्टीतल खन्याएर आगो लगाएको आरोप छ ।

उनका श्रीमान र सासु मिलेर कञ्चनको जिउमा आगो लगाइएको बताइएको छ ।
घटनापछि कञ्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका श्रीमान बेचन मण्डल खत्वे भने फरार रहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय