[ndc-today-date]
[ndc-today-date]

योजना खरिद–बिक्री आरोप निराधार...

जनकपुर,०६ वैशाख । मधेश प्रदेश सरकारमाथि लागेको योजना खरिद–बिक्रीको आरोप निराधार भएको जनमत...

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

जिउँदै आगो लगाएर गम्भीर घाइते भएकी कञ्चन सधैका लागि विदा भइन्

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर। जिउँदै आगोले जलेर गम्भीर घाइते भएकी सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्वेको उपचारको क्रममा ज्यान गएको छ । करिब ८० प्रतिशत भाग जलिसकेको अवस्थामा भेटिएकी खत्वेको काठमाडौँ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा शुक्रबार ५ बजेर २० मिनेटमा ज्यान गएको प्रहरीले जनाएको छ ।

- Advertisement -

बिहीबार बिहान ९ः१५ बजेतिर उनको शरीरमा आगो लागेको फेला परेको थियो ।

तत्कालै पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उद्वार गरी उपचारका लागि मिर्चैया पठाएको थियो । मिर्चैयामा उपचार हुन नसक्दा धरानस्थित घोपा क्याम्प पठाइएको थियो । घोपा क्याम्पमा पनि उपचार स्म्भव नभएपछि शुक्रबार उनलाई काठमाडौं लगिएको थियो ।

- Advertisement -

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुखदेव खनालले जानकारी दिए ।
घरायसी विवादका कारण २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई पति बेचन मण्डलले मट्टीतल खन्याएर आगो लगाएको आरोप छ ।

उनका श्रीमान र सासु मिलेर कञ्चनको जिउमा आगो लगाइएको बताइएको छ ।
घटनापछि कञ्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका श्रीमान बेचन मण्डल खत्वे भने फरार रहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

ताजा समाचार

spot_img

थप समाचार