26.1 C
Kathmandu
[8172022-08-17T11:05:53+05:45-31202217am22-17am31Asia/Kathmandu]
26.1 C
Kathmandu
33.4 C
Birgunj

मुम्बई इण्डियन्स आईपीएलकाे दाेस्राे स्थानमा उक्लियाे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध ४६ रनको जित हात पारेको छ । चेन्नईमा भएको खेलमा १५६ रनको लक्ष्य पछ्याएको घरेलु टिमलाई मुम्बईले १०९ रनमा प्याक गर्यो ।

- Advertisement -

चेन्नईलाई सस्तैमा समेट्नका लागि मुम्बईका लासिथ मालिंगाले ४ विकेट लिए भने क्रुनाल पाण्ड्या र जस्प्रित बुम्राहले २–२ विकेट लिए ।ब्याटिङतर्फ चेन्नईका तीन खलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । ओपनर मुरली विजयले ३८, मिचेल सान्ट्नरले २२ तथा ड्वाइन ब्राभोले २० रन बनाउँदा अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो ।

- Advertisement -

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा चार विकेट गुमाउँदै १५५ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले ६७ रन बनाए भने इभिन लेविसले ३२, हार्दिक पाण्ड्याले २३, क्विन्टन डिककले १३, केइरन पोलार्डले १३ बनाए । जितसँगै मुम्बई ११ खेलबाट १४ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई भने १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा यथावत छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -