Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

संघीय संसद्को बजेट अधिवेशन आजबाट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं- संघीय संसद्‌को वर्षे अधिवेशन साेमबारबाट सुरु हुँदैछ । यसलाई बजेट अधिवेशन पनि भनिने गरिन्छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेसँगै बजेट अधिवेशन सुरु हुन लागेको हो। अधिवेशनअन्तर्गत पहिलाे बैठक साेमबार दिउँसाे ४ बजेका लागि बाेलाइएकाे छ।

साेमबारकाे बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आव्हान सम्बन्धमा प्राप्त भएकाे पत्रको व्यहोरा पढेर सुनाउनेछन् । याेसँगै अधिवेशन सुरु हुनेछ।

त्यसपश्चात संसदकाे अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन हुने बताइएकाे छ। सभामुख महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने संघीय संसद सचिवालयले जनाएकाे छ।

हरेक अधिवेशनमा सभामुख, उपसभामुख, अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने अध्यक्षमण्डलको चयन गरिँदै आइएकाे छ।

साेमबारकाे थप कार्यसूचीमा अघिल्लाे अधिवेशन अन्त्य भएकाे मितिदेखि आजसम्म दिवंगत भएका पूर्व सांसदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै शाेक प्रस्ताव पारित गरिने उल्लेख छ। सचिवालयका अनुसार पूर्व सांसदहरु दिवाकर गाेल्छा, रुद्रमणि शर्मा भण्डारी र रामकृष्ण ताम्राकारप्रति शोक प्रस्तावहरु पारित गरिनेछ।

संघीय संसद सचिवालयका अनुसार यस अधिवेशनमा आगामी आर्थिक वर्षकाे बजेट तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, छलफल तथा पारित हुनेछ। नेपालकाे संविधानमा जेठ १५ गतेभित्रै संसदमा बजेट पेस गरिसक्नुपर्छ।

त्यसअघि आगामी बैसाख २० गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे छ।

यस अलावा बजेट अधिवेशनका लागि प्रतिनिधिसभामा २७ र राष्ट्रियसभामा ८ विधेयक प्रस्तुत गर्ने तयारी भएको छ।

यसअघि चैत ११ गते हिँउदे अधिवेशन अन्त्य गरिएको थियो।

यस्ताे आजकाे बैठकाे सम्भावित कार्यसूचीः

ताजा समाचार

थप समाचार