शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
21.1 C
Kathmandu
27.3 C
Birgunj

नेपाली नागरिकता बनाउन खोज्ने भारतीय नागरिक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज । गलत विवरण पेश गरी आफ्नो छोरालाई नेपाली नागरिकता दिलाउन खोज्ने एक भारतीय पक्राउ परेका छन् ।

- Advertisement -

जिल्ला प्रशासन कार्यालय पर्सामा आफ्नो छोराको नागरिकता बनाउन पुगेका भारतीय नागरिक सदामा साह तेलीलाई प्रशासन कार्यालयबाटै पक्राउ परेका हुन् ।

वीरगन्ज महानगरपालिका–१३ स्थायी ठेगाना देखाएर तेली आफ्नो छोराको नागरिकता बनाउन पुगेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साबाटै आफूले प्राप्त गरेको नागरिकता साथमा लिएर गएका उनलाई प्रशासन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगएको हो ।

- Advertisement -

तेलीले गलत विवरण बनाएर २०६३ सालमा आफ्नो नाममा नेपाली नागरिकता लिएका थिए । उनी भारतीय नागरिक भएको उजुरी परेपछि गृह मन्त्रालयले २० पुस २०६८ मा उनको नागरिकता बदर गरिदिएको थियो ।

तेली बदर भएको नागरिकता बोकेर आफ्नो छोराको नाममा नागरिकता दिलाउन प्रशासन कार्यालय पुगेपछि पक्राउ गरेका हुन् ।

तेली यसअघि पनि नक्कली विवरण देखाएर नागरिकता लिएको अभियोगमा प्रहरीको खोजी सूचीमा थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -