Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

बीरगन्ज भन्सारबाट ११ महिनामा...

बीरगन्ज,०२ असार । बीरगन्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब...

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

रेल डिब्बा खरीदका लागि भारतीय टोली नेपाल आउँदै, रेल चल्ने मिति अझै अनिश्चित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं— भारतीय टोली रेलको डिब्बा खरीद अर्डर लिन काठमाडौं आउने भएको छ। भारतीय सरकारी स्वामित्वको कोंकण रेल्वे कर्पोरेशन लिमिटेडका प्रतिनिधी सहितको टोली रेलको डिब्बा अर्डर लिन अर्को साता काठमाडौं आउन लागेका हुन् ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेलको अर्डरका लागि नेपालले भारत सरकारले तोकिदिएको कोंकर्ण कम्पनीलाई पत्राचार गरेको थियो। कम्पनीले यही साता नेपाल आएर सम्झौंता गर्ने जवाफ पठाएपनि भारतमा निर्वाचन चलिरहेकाले अर्को साता आउन लागेका हुन्। मन्त्रीपरिषदले जिटुजी मार्फत दुई सेट रेल खरीद गरेर संचालन गर्ने निर्णय गरेपछि विभागले प्रकृया अघि बढाएको हो ।

- Advertisement -

विभागका अनुसार डिजेल इलेक्ट्रिक मल्टियुनिट (डिइएमयु) मा आधारित रेल खरीद गर्न लागिएको हो। दुईसेट डिइएमयु रेल ८४ करोड ६५ लाख ९४ हजार ६ सय (कर सहित) मा खरीद गर्न लागिएको छ ।

रेल खरीद गरेर भारतको जयनगरदेखि जनकपुर करिव ३५ किलोमिटर खण्डमा संचालन गर्न लागिएको हो। रेलमार्गको लिक विछ्याएर परीक्षण समेत गरिसकेको भएपनि डिब्बा अभावमा संचालनमा आउन सकेको छैन ।सरकारले सुरुमा वेट लिजमा लिएर संचालन गर्ने योजना बनाएको थियो तर खरीद गरेर संचालन गर्दा फाईदा हुने भएपछि खरिद प्रकृया अघि बढाएको हो।नेपालको आफ्नै रेल भएपनि तत्कालका लागि भारतीय प्राविधिकहरु ल्याएर संचालन गरिने छ । नेपाली प्राविधिक आफै सक्षम भएपछि आफैले संचालन गर्नेछन् ।

- Advertisement -

एउटा डिइएमयु ट्रेन सेटमा ५ वटा डिब्बा हुन्छन। सेटमा मूख्य र सहायक गरि दुईवटा इन्जिन हुन्छन्। यस्तो रेल नघुमाई दुवैतिरबाट संचालन गर्न सकिन्छ। ब्रोड गेज र छोटो दुरीमा यस्तो मोडलको रेल संचालन गर्न उपयुक्त हुने भन्दै खरिद गर्न लागिएको हो। जेठबाट रेल संचालनमा ल्याउने योजना रहेको छ। तर कहिलेसम्म भारतीय कम्पनीले रेल उपलब्ध गराउछ भन्ने सम्झौतापछि जानकारी हुनेछ।

भारतीय सहयोगमा जयनगरदेखि जनकपुर हुँदै बर्दिवासम्मम रेलमार्ग निर्माण सम्झौता भएर काम अघि बढाईएको थियो। जयनगर – जनकपुर खण्डमा पहिले नै न्यारोगेज संचालनमा रहेको थियो। उक्त खण्डमा कुनै समस्या नभएकाले ब्रोडगेज रेलको लिक विछ्याईएको छ। जनकपुर बर्दिवास खण्डमा मुआब्जा लगाएतका विवादका कारण काम हुन सकेको छैन् । मुआब्जा निर्धारणको काम भैरहेकाले रेल विभागका अधिकारीहरु भने छिट्टै काम सुरु हुने दाबी गर्छन्।बन्द रहेको पूरानो रेल्वे कम्पनी ब्युँत्याएर रेल संचालन गर्ने तयारी विभागले गरेको हो।

ताजा समाचार

spot_img

थप समाचार