spot_img

ब्रिटिश गोर्खामा भर्ती खुल्यो, के चाहिन्छ योग्यता ?

spot_img
spot_img

काठमाडौं,बैशाख १६ गते — नेपालीका लागि ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्ना खुलेको छ। वेलायती सेनाद्वारा जारी सूचनाअनुसार यो पटक धरान र पोखराबाट भर्ती लिइने जनाइएको छ।ब्रिटिश गोर्खा एवं सिंगापुर पुलिसको प्रशिक्षण दिन भनेर खोलिएका संस्थाहरुसँग वेलायती सेनाको कुनै सम्बन्ध नरहेको सूचनामा जनाइएको छ ।

‘प्रशिक्षण केन्द्रहरुको ब्रिटिश गोर्खा र सिंगापुर पुलिस फोर्ससँग कुनै सम्बन्ध छैन’, सूचनामा भनिएको छ, ‘प्रशिक्षण केन्द्रहरुमा भर्ना हुन महँगो परेको हुन सक्छ र गोर्खा भर्तीमा सफलताको कुनै ग्यारेन्टी छैन।’

यो वर्ष ब्रिटिश गोर्खाका लागि कम्तिमा ४३२ जना र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसका लागि १२० नेपाली युवा माग गरिएको छ। वेलायती सेनाले व्रिटिश गोर्खामा भर्ती हुनका लागि तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण अथवा कम्पार्ट पास भए पनि हुने जनाएको छ। तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण अथवा कम्पार्ट पास भएकाहरुले छनौटमा जान पाउँछन् ।

त्यस्तै नयाँ एसइइ ग्रेडिङ प्रणालीमा न्यूनतम ३ सी र २ डी (अग्रेजी र गणितमा सी गे्रडिङ अनिवार्य) ग्रडिङ भएको हुनुपर्नेछ। उमेर १ जनवरी २०२० सम्म कम्तिमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्ल्ेख गरिएको छ ।

उचाई कम्तिमा १५८ सेन्टिमिटर हुनुपर्ने एवं बिएमआई १८–१८ हुनुपर्नेछ। छड्के आँखा भएको वा आँखा ठूलो सानो भएको स्वीकार्य नहुने सूचनामा उल्लेख छ। यसैगरी चश्मा-कन्ट्याक लेन्स-लेजर सर्जरी स्वीकार्य हुने छैन। दाँतमा दुईभन्दा बढी समस्या नभएको हुनुपर्नेछ। अगाडिको दाँत नक्कली, किराले नखाएको, भित्र वा बाहिर निस्केको र नखप्टेको हुनुपर्नेछ। भर्ती प्रक्रियामा दर्ता हुन मेसिन रिडेबल पासपोर्ट अनिवार्य आवश्यक पर्ने सूचनामा उल्लेख छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय