spot_img

प्रदेश-२ को फोरम अध्यक्षमा यादव विजयी

spot_img
spot_img

सिरहा— संघीय समाजवादी फोरम नेपालको प्रदेश- २ को अध्यक्षमा विजयकुमार यादव निर्वाचित भएका छन्। उनी सोमबार १८४ मत प्राप्त गरी विजयी भएका हुन्।

अर्का अध्यक्ष पदमा उम्मेदवारी दिएका रेणु यादवले १४७ मल प्राप्त गरेकी थिइन् ।नवनिर्वाचित अध्यक्ष प्रदेश- २ का आर्थिक मामिला मन्त्री र पार्टीका केन्द्रीय कोषाध्यक्ष हुन्। उनीसँगै ३७ मतले पराजित भएकी रेणु पूर्व शिक्षामन्त्री र केन्द्रीय उपाध्यक्ष हुन्।

विजय र रेणुसँगै प्रदेश सभा सदस्य अशोक यादवले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए। फोरमको सिरहाको लहानमा शुक्रबारबाट सुरु भएको अधिवेशनमा सर्वसम्मती प्रदेश कार्यसमिति चयन हुन नसकेपछि आइतबार निर्वाचन भएको थियो। विधानअनुसार प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो ।

अध्यक्ष र सदस्यको निर्वाचनपछि समितिले १० जना मनोनित गर्नेछन्। जसमा तीनजना उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव र एकजना कोषाध्यक्ष चयन गरिनेछ।

प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना ‘डेलिकेटेड’ सदस्यले मतदाता रहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय