21.1 C
Kathmandu
Thursday, June 30, 2022
21.1 C
Kathmandu
25.3 C
Birgunj

कैलालीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा आधा दर्जन भन्दा बढी घाइते, ३ राउन्ड हवाई फायर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमााडौँ । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएपछि सुरु भएको प्रदर्शनले उग्र रुप लिएको छ ।

- Advertisement -

मंगलबार लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनीता रावलको ज्यान गएपछि आक्रोशित बनेका स्थानीयले लम्कीमा टायर बाल्दै प्रदर्शन गरेपछि अवस्था तनावपूर्ण बनेको छ । आक्रोशित भिडलाई मध्यनजर गर्दै अहिले त्यहाँ ठूलो सख्यामा प्रहरी परिचालन गरिएको छ।

- Advertisement -

उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग राखेर स्थानीयले पूर्वपश्चिम राजमार्गमा सवारीका साधन चल्न नदिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपको क्रममा ७ प्रहरी र एक जना शिक्षक घाइते भएका छन्। उनीहरुको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ। प्रदर्शनकारीले प्रहरीमाथी नै ढुंगा प्रहार गरिरहेको कैलालीका एसपी आभूषण तिम्सिनाले बताए । मृतकको शव आफन्तले उठाउन दिएका छैनन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर समेत गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -