Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...

बुधबार कुन राशिको लागि...

वि.सं.२०८२ साल माघ ७ गते । बुधबार । इस्वी सन् २०२६ जनवरी २१...

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

एक ‘महाराज’ जो दोस्रो पटक डिल्लीबजार जेल फर्किए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं : ‘कसलाई भेट्ने?’

सोमबार बिहान साढे १० बजे डिल्लीबजार कारागारमा कैदीबन्दी भेट्न अनुमति लिनेहरुको लाइनमा रहेका दुई जना युवकलाई चिट काट्ने कर्मचारीले सोधिन्।

कीर्तिपुर वडा नम्बर ६ घर भएका ती दुई दाजुभाइ थिए। उनीहरुको हातमा दुई दर्जन केरा र दुई किलो जति अंगुरको झोला थियो।

दुई भाइमध्ये कान्छाले भने, ‘बाल योगेश्वर महाराज जीलाई।’

चिट काट्ने अधवैँशे सरकारी कर्मचारीले सोधिन्, ‘महाराज? के केसमा आउनुभएको?’

उनीहरुलाई महाराज कुन घटनामा जेल परेको भन्ने थाहा थिएन। सँगैका प्रहरीले गएको साता त्यस्तो एक जना व्यक्ति कारागारमा आएको बताए।

त्यसपछि उनीहरुले दुई भाइलाई ‘बाल योगेश्वर महाराज’लाई भेट्न दिने चिट जारी गरे। चिट लिएर केरा र अंगुर बोकेका उनीहरु शरीर खानतलासी गर्ने ठाउँमा पुगे।

‘यति धेरै फलफूल लिएर कसलाई भेट्न जान लागेको?’, शरीर छाम्दै सुरक्षाकर्मीले सोधे।

जेठो भाइले जवाफ दिए, ‘बाल योगेश्वर महाराजलाई।’

‘यति धेरै कहाँ खान सक्नुहुन्छ उहाँ?’, उनले थपे, ‘ल तपाईँ खाएर चेक गर्नुस्।’

कैदीबन्दीलाई ल्याइएका खानेकुरा ल्याउनेलाई नै यसैगरी चखाएर चेक गरिन्छ।

त्यसपछि जेठोले झोलाबाट दुईवटा केरा टेबल मै राखिदिए। र, भने- ‘सर, यो तपाईँका लागि, महाराजको तर्फबाट प्रसाद।’

उनीहरुले जेलभित्र जानुअघि घाँटीमा झुण्ड्याउने पास पाए। पास लिएर भित्र गएपछि ती दुई भाइका लागि सबभन्दा कठिन ठाउँ आयो, सीआईबीको सोधपूछ।

जेलभित्र कैदीबन्दी भेट्न जाने प्रत्येक व्यक्तिको निगरानी केन्द्रीय अनुसन्धान व्यूरोले गर्छ। यसका लागि जेलभित्र सीआईबीको एउटा टोली क्यामेरा र ल्यापटप लिएर बसेका हुन्छन्।

सादा पोशाकमा रहेका सीआईबीका सुरक्षाकर्मीले सोधे, ‘कसलाई भेट्न आएको?’

‘बाल योगेश्वर महाराजलाई’, उनीहरुले फेरि त्यही जवाफ दोहर्‍याए।

तर, सीआइबीको डाटामा बाल योगेश्वर महाराज भनेर कोही भेटिएन।

फेरि उनले सोधे, ‘यही जेलमा हो?’

‘हो सर, यही जेलमा हो। हामीलाई भेट्न बोलाउनु भएको हो।’

त्यसपछि नेपाल प्रहरीको दर्ता रजिष्टरमा खोजियो उनीहरुले भनेको नाम खोजियो। र, पत्ता लाग्यो, बाल योगेश्वर महाराजको असली नाम विजय भण्डारी रहेछ।

त्यसपछि ती दुई भाइ अगाडि बढे ‘महाराज’लाई भेट्न।

प्रवेश चिट कारागारको गेटमा रहेका नाइकेलाई दिएपछि एक छिनमै बाल योगेश्वर महाराज आए। करिब ३५ वर्षका। झट्ट हेर्दा खाइलाग्दो अनि कपाल भने भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी स्टाइलको।

फलामको घेराभित्रबाट महाराज र फलामको घेरा बाहिरबाट दुई भाइले संवाद थाले।

ती दुई भाइमध्ये कान्छा बाल योगेश्वर महाराजका अफिसियल फोटोग्राफर रहेछन्।

उनले भने, ‘महाराजको आश्रम कलंकीमा पनि छ। देशैभरी कयौं स्थानमा छ। हामीले महायज्ञ र महोत्सवहरु गर्छौं। श्रीमद्भागवत गीता पनि महाराजले वाचन गर्नुहुन्छ।’

सतहमा भागवत वाचन गर्ने देखिए पनि उनको धन्दा भने अलग रहेछ। विजय भण्डारी उर्फ बाल योगेश्वर महाराजलाई २०७१ साल भदौमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो।

अमेरिका लैजाने भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगेको उजुरी उनीविरुद्ध परेको थियो। प्रहरीले अनुसन्धान गरी ठगी अभियोगमा अदालतमा मुद्दा दायर गर्‍यो। त्यतिबेला उनी स्वामी विष्णु प्रपन्नाचार्यका नामबाट चिनिन्थे।

जिल्ला अदालत काठमाडौंले बाल योगेश्वर महाराजलाई २०७३ मंसिर ६ गते ठगी मुद्दामा १ वर्ष जेल सजायँ सुनायो। त्यसैगरी ८१ लाख ७७ हजार २ सय रुपैयाँ बिगोसहितको जरिवाना पनि।

जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठका अनुसार महाराजले १ वर्ष कैद सजायँ भुक्तान गरे। तर, जरिवाना रकम भने बुझाएनन्।

१ वर्ष जेल बसेर छुटेपछि ‘महाराज’ फेरि आफ्नै धन्दामा लागे। गत असोजमा गुल्मीको पालुखामा उनले कथा वाचन गर्दै गरेको समाचार बुटवल टुडेदेखि नेपाल समाचारपत्रमा समेत छ।

केही दिनअघि फर्पिङमा भएको कार्यक्रमपछि फर्कने क्रममा ‘महाराज’

जिल्ला अदालतको फैसलालाई चुनौति दिँदै ‘महाराज’ उच्च अदालत पाटनमा पुनरावलोकनका लागि पुगे। तर, उच्च अदालतले पनि २०७५ मंसिर ११ गते जिल्ला अदालतकै फैसलालाई सदर गरिदियो।

फैसला सदर भएपछि गएको शुक्रबार उनलाई पुनः पक्राउ गरी कैद भुक्तानको लागि सदरखोर डिल्लीबजार पठाइएको हो। ८१ लाख रुपैयाँ जरिवाना रकम नबुझाएसम्म उनी छुट्ने छैनन्।

पुनः जेल परेका ‘महाराज’ले डिल्लीबजार जेलमै प्रवचन दिने प्रयास समेत गरेका थिए।

‘जेलभित्र केटाहरुलाई प्रवचन दिन खोजेका थिए, केटाहरुले र्‍याक गरेछन्,’ जेलका नाइकेले थपे, ‘यस्ता ढोंगीलाई हाम्रा केटाहरुले जेलभित्रै ठेगान लगाउँदैछन्।’

 

  • Pahilopost

ताजा समाचार

थप समाचार