मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

बर्ड फ्लू के हो ? यसरी बच्न सकिन्छ बर्ड फ्लूको संक्रमणबाट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ, १९ बैशाख । यसअघि कुखरा र पन्छीमा मात्र देखिने गरेको बर्ड फ्लू नेपालमा पहिलोपटक मानिसमा पनि देखिएको छ ।

- Advertisement -

बर्ड फ्लूको संक्रमणका कारण काभ्रेमा एक युवकको मृत्यु भएसँगै मानिसमा पनि बर्ड फ्लू भेटिएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरि यसको औपचारि जानकारी गराएको छ ।

आखिर बर्ड फ्लू के हो, यसका लक्षण कस्ता हुन्छन् र कसरी बच्न सकिन्छ । हामीले केही जानकारी प्रस्तुत गर्ने कोशिस गरेका छौँ ।

- Advertisement -

बर्ड फ्लू के हो ?

एभियन इन्फ्लूएञ्जा वा एभियन फ्लूलाई बर्ड फ्लू भनिन्छ । यो रोग विशेषगरी चरा प्रजातिबाट फैलिने गर्दछ । संक्रमित वा मरेको कुखुराको सम्पर्कमा रहँदा मानिसलाई सर्ने खतरा हुन्छ । यही रोग मानिसमा सर्दा पनि यसलाई बर्ड फ्लू नै भनिन्छ । बर्ड फ्लूमा एच फाइभ एन वान नामक भाइरस हुने गर्दछ ।

यो भाइरसको पूरा नाम ‘हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा’ राखिएको छ । बर्ड फ्लूको भाइरस विशेष गरी कुखुराको मासु, प्वाँख, सिंगान, र्‍याल, सूली, अण्डा, अण्डा राख्ने क्रेट आदिको सम्पर्कबाट सर्दछ । रोगी कुखुरा पानीमा तैरीरहेको अवस्थामा समेत मानिसलाई सर्ने खतरा हुन्छ ।

व्यावसायिक रूपमा पालन गरिने कुखुरा र हाँस लगायतबाट मात्रै नभई रैथाने एवम् बसाइँसराइ गर्ने चराहरूबाट पनि बर्ड फ्लुको भाइरस सर्ने गरेको चिकित्सकहरू बताउँछन्।

बर्ड फ्लू बारे जान्नुभन्दा पहिला तपाईलाई भाइरस कति प्रकारको हुन्छ भनी जानकारी राख्नु जरुरी छ । यसबारे सम्पूर्ण जानकारी भएपछि उपचारमा सहयोग मिल्ने छ । सामान्यतया भाइरस तीन प्रकारको हुन्छ । ‘ए’, ‘बी’ र ‘सी’ प्रकारको भाइरसमध्ये ‘ए’ प्रकारको भाइरसलाई खतरनाक मानिन्छ । यो भाइरस मानिस र पंक्षी दुवैको माध्यमबाट फैलिन सक्छ । त्यसैले बर्ड फ्लूलाई ‘ए’ भाइरस अन्तर्गत राखेको हो ।

बर्ड फ्लू एक प्रकारको स्वासप्रश्वास सम्बन्धी रोग हो । यो रोग यति धेरै खतरनाक हुन्छ कि संक्रमित भएका व्यक्तिको पनि मृत्यु हुन सक्छ । त्यसैले यसलाई सामान्य रुघाखोकीज्वरोका रुपमा लिनु हुँदैन । बर्ड फ्लूबाट बच्चे उत्तम उपाए संक्रमित पंक्षी र रोगी व्यक्तिबाट टाढै रहनु हो । साथै स्वस्थकर खानपानमा ध्यान दिनु जरुरी छ ।

भाइरसको स्वरूप परिवर्तन

विश्व पशु स्वास्थ्य सङ्गठन (ओआईई) का अनुसार ‘नोटिफाइअबल एभियन इन्फ्लुएन्जा’ भाइरसको ‘सब-टाइप’ बाट हुने रोग वा सङ्क्रमणलाई बर्ड फ्लु भनिन्छ। सामान्यतया पशुपक्षीमा लाग्ने बर्ड फ्लुको भाइरस निकै ‘अस्थिर’ खालको हुने गरेको विज्ञहरू बताउँछन् ।

उनीहरूका अनुसार बर्ड फ्लुको सङ्क्रमण देखिनासाथ नेपालमा मात्रै नभई विश्वको जुनसुकै ठाउँमा चालिने कदम भनेको सङ्क्रमण नियन्त्रण तथा रोकथाम नै हो । र, त्यसका लागि सङ्क्रमित पशुपक्षी तथा तिनका उत्पादन लगायत सामग्रीलाई नष्ट गरिन्छ । पुश सेवा विभागका अधिकारीहरुका अनुसार यसको भाइरसले स्वरूप परिवर्तन गर्ने धेरै अवसर नपाओस् भनेरै जहाँ देखियो त्यही नष्ट गर्ने सबैतिरको अभ्यास हो।

तर प्रश्न उठ्छ- सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्ने पटकपटक प्रयास भइरहँदा पनि किन बर्ड फ्लुको भाइरस ब्युँतिरहन्छ ? डा. शिशिर भण्डारी भन्छन्, आनुवंशिक गुण फेर्न सक्ने सो भाइरसको विशेषता नै त्यसको अस्तित्वको निरन्तरताको प्रमुख कारण हो।”

सरल भाषामा भन्नुपर्दा बर्ड फ्लुको भाइरसले आफूले मार हान्ने पशुपक्षीको शरीर अनुकूल आफूमा क्षमताको विकास गर्न सक्छ। अर्थात् कुखुरामा हुँदा त्यसको शरीरमा बाँच्न सक्नेगरी भाइरसले आफूलाई रूपान्तरण गर्न सक्छ भने हाँसमा हुँदा त्यसको शरीरअनुकूल बन्न सक्छ।”

मानिसमा कसरी सर्छ बर्ड फ्लू ?

मानिसमा यो रोगको संक्रमण प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोगी कुखुरा वा अन्य चरा प्रजातिको नजिक रहँदा फैलने गर्दछ । कुखुरा जिउँदो तथा मरेको जस्तो सुकैबाट सर्न सक्दछ । भाइरस मानिसको आँखा, मुख र नाकको माध्यमबाट सर्न सक्छ ।

हावापानीको माध्यमबाट यो भाइरस अत्यन्त द्रूत गतिमा फैलने र धेरैको ज्यान लिन सक्ने भएकाले बर्ड फ्लूलाई प्राणघातक रोग मानिएको छ ।

रोकथाम तथा नियन्त्रणका उपाय

नेपालमा बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि केन्द्रीय र क्षेत्रीय नियन्त्रण समन्वय समिति रहेका छन् ।

पशुसेवा विभागका महानिर्देशक अध्यक्ष रहने केन्द्रीय समन्वय समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय पशु विज्ञान अनुसन्धानका प्रमुख लगायत सदस्य हुन्छन् ।

कुनै ठाउँमा बर्ड फ्लूको शङ्का लागेमा जिल्ला पशु सेवा कार्यालयले प्रारम्भिक अनुसन्धान प्रतिवेदनसहित नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउँछ।

नमुनाको प्रारम्भिक परीक्षणबाट बर्ड फ्लु भएको देखिएमा उसले थप परीक्षण गरी त्यसको जानकारी पशुसेवा विभाग र पशु स्वास्थ्य निर्देशनालयलाई गराउँछ।

नमुनाको थप परीक्षणबाट बर्ड फ्लु लागेको सम्भावनालाई अझ पुष्टि गर्ने प्रतिवेदन प्राप्त भएमा नमुना लिइएको ठाउँलाई केन्द्रविन्दु मानी तीन किलोमिटरसम्मको परिधिभित्रको क्षेत्रलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सम्भावित सङ्कटग्रस्त क्षेत्र घोषणा गर्छ।

त्यसपछि सरकारी टोलीले सङ्कटग्रस्त क्षेत्रभित्रका घरपालुवा पक्षी, पक्षीजन्य पदार्थ, पक्षी उत्पादन सामग्री र त्यससँग सम्बन्धित अन्य वस्तु तथा औजार नष्ट गर्छ।

नष्ट गरिएका पक्षी, पक्षीजन्य पदार्थ, पक्षी उत्पादन सामग्री लगायतलाई खाल्डो खनेर त्यसभित्र पुरिन्छ । निःसङ्क्रमण प्रक्रियामा भिर्कोन नामक औषधि र चुना लगायतको प्रयोग गर्ने गरिएको चिकित्सकहरू बताउँछन्।

उनीहरूका अनुसार सङ्क्रमणमा परेका बिरामीलाई चाहिँ ट्यामीफ्लु नामक अन्टिभाइरल दिइन्छ । पोल्ट्री फर्मलाई निःसङ्क्रमण गरेपछि त्यसको ४२ दिनसम्म सो क्षेत्रमा पशुपक्षी पालनमा निषेध लगाई १० किलोमिटरको परिधिलाई निगरानीमा राख्ने गरिन्छ ।

अनि ४२ दिनसम्म फेरि सो ठाउँमा भाइरस नदेखिएपछि निषेध फुकुवा गर्ने प्रावधान छ। अधिकारीहरूका अनुसार नष्ट गरिएका पशुपक्षी र पशुपक्षीजन्य उत्पादन सामग्रीको क्षतिको रकम निर्धारण गरी सम्बन्धित धनीलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने गरिएको छ।

सङ्क्रमित मान्छेमा कस्ता लक्षण देखिन्छन्?

चिकित्सकहरूका अनुसार मानिसलाई अरु फ्लू लाग्दा देखिने लक्षणजस्तै यसका लक्षण पनि हुन्छन्। बर्ड फ्लू लागेमा मानिसमा निम्न लक्षण देखिन्छन् :

-रुघाखोकी लाग्ने

-नाक बाट पातलो पानी बग्ने

-ज्वरो आउने र टाउको दुख्ने

-मांसपेशीहरु दुख्ने

-मन आत्तिनु

-झाडापखाला लाग्नु

-कमजोर भएको अनुभव हुने

-पेटको तल्लो भागमा दुख्नु

-भोक नलाग्ने र बढ्ता तिर्खा लाग्ने

-श्वासप्रश्वासमा असामान्य परिवर्तन हुने

-थुकदा रगत देखिनु

-घाँटीमा जलन हुने

-निमोनिया हुने

चिकित्सकहरुका अनुसार कतिपय लक्षणहरू अचानक पनि देखिन सक्छन् । सामान्यतया भाइरसको सम्पर्कमा आएको तीनदेखि पाँच दिनमा देखिने चिकित्सकहरू बताउँछन्।

कसरी बच्न सकिन्छ?

चिकित्सकहरूका अनुसार खासगरी पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ। तर, त्यसको अर्थ मासु, अण्डा एवम् पशुपक्षीजन्य उत्पादन उपभोग गर्नेहरूले ख्याल गर्नुपर्दैन भन्ने होइन।

चिकित्सकहरूका अनुसार निम्न कुरामा मानिसहरूले ध्यान दिनुपर्छ । यी कुराहरूमा ध्यान दिन सके बर्ड फ्लुको सङ्क्रमणबाट जोगिन सक्ने चिकित्सकहरू बताउँछन् :

-पोल्टी फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ

-खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउनुपर्छ

-काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेर मात्रै जानुपर्छ

-चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्नुपर्छ

-व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्नु हुँदैन

-बर्ड फ्लू नदेखिएका ठाउँबाट मात्रै पशुपक्षी तथा तिनका उत्पादन आयात गर्नुपर्छ

-फर्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्नुपर्छ

-मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिनुपर्छ, राम्रोसँग तिनको व्यवस्थापन गर्नुपर्छ

-फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गराउनुपर्छ

-सङ्क्रमित कुखुराको मासु बजारमा आउन नदिनेतर्फ ध्यान दिनुपर्छ

-काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ

-कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -