बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्ने तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मकवानपुर – प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने लगभग सुनिश्चित भएको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडालाई प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुवै अध्यक्ष सकारात्मक भएका छन् ।

- Advertisement -

हेटौंडा राजधानी राख्ने विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सकारात्मक भएकाले अब हेटौंडा अस्थायी राजधानीबाट स्थायी राजधानीमा परिणत हुने लगभग पक्का भएको प्रदेश सरकार स्रोतले जनाएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै यसबारे सकारात्मक हुनुहुन्थ्यो ।
स्थायी राजधानी हेटौंडा र राजधानीको नाम भने बाग्मती राख्नका लागि प्रधानमन्त्री ओली सकारात्मक हुनुभएको बुझिएको छ । सातवटै प्रदेशको अन्तर प्रदेश समन्वय परिषद बैठकमा प्रधानमन्त्री ओलीले हेटौंडाबाट अन्यत्र राजधानी नसर्ने बताउनुभएको बैठकमा सहभागी एकले खुलासा गरेका छन् ।

अहिले जुन स्थानमा भए पनि कुनै काम गर्न समस्या नभएकाले कामलाई प्राथमिकता दिन पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको ती सहभागीले बताए । यसभन्दा पहिले नेकपाका अर्का अध्यक्ष प्रचण्डले भने स्थायी राजधानी हेटौंडा नै रहन्छ भनेर सार्वजनिक रुपमा संकेत गरिसक्नु भएको छ ।

- Advertisement -

नेकपाका दुवै अध्यक्ष ओली र दाहाल हेटौंडा राजधानी राख्ने पक्षमा उभिए पनि कसरी र कुन तरिकाले स्थायी राजधानी राख्ने र नामाकरणका बारेमा प्रदेश सभाका सदस्यहरुलाई सर्कुलेशन गर्ने भन्नेमा अन्योल नै रहेको नेकपाका एक केन्द्रीय नेताले बताएका छन् ।

राजधानी र नामाकरणको विषय कहिले र कसरी टुङ्गो लगाउने भन्नेमा प्रधानमन्त्री ओलीले खुलाउनुभएको छैन । प्रदेश ३ को प्रदेश सभामा नेकपाको दुई तिहाई बहुमत छ । त्यसैले पनि दुई अध्यक्षको सुझावअनुसार नै राजधानी र प्रदेशको नामाकरण हुने प्रबल सम्भावना रहेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने प्रदेश सरकार सुरु भएदेखि नै राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने बताउँदै आउनुभएको छ । यसबारे उहाँले पार्टीका केन्द्रीय स्तरका नेताहरुसँग पनि पटकपटक छलफल गर्दै आउनुभएको छ ।

राजधानी हेटौंडाबाट नसर्नेमा ढुक्क हुनुभएका मुख्यमन्त्री पौडेलले प्रदेश सभाको हिउँदे अधिवेशनमा राजधानीको विषयमा टुङ्गो लगाउने भने पनि त्यो काम भने हुन सकेन । अब वर्षे अधिवेशनमा पनि राजधानीको विषयले प्रवेश पाउने निश्चित छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार