Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

सगरमाथामा तीव्र हावाहुरी : कम्तीमा २० वटा टेन्ट उडायो, मानवीय क्षति भएको छैन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ — तीव्र गतिकाे हुरीबतासले सगरमाथा आरोहणकालागि ६२ सय मिटरको उचाइमा राखिएका कम्तीमा २० वटा टेन्ट उडाइदिएको छ ।

- Advertisement -

६२०० मिटरमा आरोहीकालागि दोस्रो क्याम्प रहन्छ। ‘शुक्रबार तीब्रगतिमा चलेको हावाहुरीले दोस्रो क्याम्पमा राखिएका १८-२० टेन्ट नष्ट गरीदिएको खबर प्राप्त भएको छ,’ एक्सपीडिसन एसोशिएसनका सचिव इश्वरी पौडेले कान्तिपुरसँग भने, ‘७ हजार मिटरभन्दामाथि अत्याधिक कालो बादल छाएको छ। त्यहा हावाको ८०-९० किलोमिटर प्रतिघन्टाको गतिमा चलेको छ।’

सचिव पौडेलको कम्पनी हिमालयन गाइड्सले यसपटक सगरमाथा आरोहीकालागि दोस्रो क्याम्पदेखि चुचुरोसम्म डोरी टाँगेर रुट बनाइरहेको छ। उनकै कम्पनीका ८ जना गाइडहरुले बिहीबार मात्रै ८ हजार मिटर उचाईमा पर्ने साउथकोलसम्म डोरी टाँगेर बाटो बनाइसकेका छन्। ‘मैले कर्मचारीहरुलाई माथि नजाउ खतरा छ भनेको छु’ उनले भने, ‘राम्रो सञ्चार सम्र्पक पनि हुन सकिरहेको छैन।’ मानवीय क्षति भने नभएको उनले बताए।

पौडेलले काठमाडौंबाट थप टेन्ट पठाउने तयारी गरीरहेको बताए। शुक्रबारदेखि शक्तिशाली चक्रवात ‘फानी’को प्रभावका कारण पूर्वी नेपालमा हावाहुरी, मेघगर्जनको हुन सक्ने भन्दै जल तथा पूर्वानुमान माहाशाखाले पनि सचेत गराएको छ।

यसैबीच पर्यटन विभागले पनि शुक्रबार सूचना जारी गरी पर्यटक र तीनका एजेन्सीहरुलाई सचेत गराएको छ। ‘स्थानीय मौसमको ख्यालगरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्नु’, विभागका निर्देशक मीरा आचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि क्षति हुन नदिने प्रवन्ध गर्नु गराउनू।’

यसपटक सगरमाथासहित ३० वटा हिमाल अरोहणकालागि १ सय ४ आरोहण दलमा ८ सय ४१ जना गएका छन्। यीमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणकालागि ३ सय ७७ जना गएका छन्। एजेन्सीहरुका अनुसार, सगरमाथा आधार शिविरमा मात्रै कम्तीमा १ हजार बढी शेर्पा, गाइड, सम्पर्क अधिकृत लगायत पुगेका छन्।

यसैबीच नेपाली हेलिकप्टरहरुको व्यवसायिक संगठन हेलिकप्टर सोसाइटी अफ नेपालले ‘फानी’को प्रभावलाई मध्यनजर गर्दै आफ्ना सदस्य कम्पनीहरुलाई शुक्रबार डेढ बजेदेखि उडानमा सर्तकता अपनाउन भनेको छ।

‘अहिले ६०-७० किलोमिटरको गतिमा हावाहुरी चलेको छ। फानीको प्रभाव सुरु भएको हो यसको गति १ सय ७० किलोमिटर प्रति घन्टा भएकाले पाइलट र कम्पनीहरुलाई सतर्कता अपनाउन भनेका छौं’ सोसाइटीका महासचिव योगराज कँडेलले भने। सोसाइटीले शनिबार ३ बजेसम्म मौसम राम्रो नहुने भएकाले सतर्क हुन भनेको छ।

ताजा समाचार

spot_img

थप समाचार