शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
12.7 C
Kathmandu
12.7 C
Kathmandu
19.9 C
Birgunj

बारा-पर्सामा जनता आवास पुनर्निर्माण कार्यक्रम सुरु, शिलान्यासमा मन्त्रीको लर्को

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,  २१ बैशाख । आँधीबाट प्रभावित बारा र पर्साका पीडितहरुका लागस जनता आवास पुनर्निर्माण कार्यक्रम सुरु भएको छ । नेपाली सेनाले निर्माण जिम्मा पाएको पुनर्निर्माण कार्यको शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेलले शिलान्यास गरे ।

- Advertisement -

शिलान्यास कार्यक्रममा अर्का उपप्रधानमन्त्री उपेन्द्र यादव, संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डित, भाैतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन,  भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री बीना मगर, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र प्रदेश २ का मुख्यमन्त्री लालबाबुर राउतको समेत उपस्थिति थियो । उनीहरुले छुट्टाछुट्टै ठाउँमा भवन निर्माणको शिलान्यास गरेका हुन् ।

‘जनता आवास’ कार्यक्रमको क्रममा फेटा गाउँपालिका- ६ पुरैनियामा उपप्रधान एवं रक्षामन्त्री पोखरेलले, परवानीपुर- ४ चैनपुरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री  यादवले, प्रसौनी गाउँपालिका- ४ खटुवाजग्दीमा गृहमन्त्री थापाले, बीरगञ्ज महानगरपालिका- २२ जगरनाथपुरमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले, सुवर्ण गाउँपालिका- ४ हर्दियामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शिलान्यास गरे ।

- Advertisement -

यस्तै, पचरौता नगरपालिका- ७ बेनौलीमा संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री पण्डितले, फेटा गाउँपालिका- ४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले, बीरगञ्ज महानगरपालिका-५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री बिना मगरले, फेटा गाउँपालिका- ४ भरवलीयामा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले, महागढीमाई नगरपालिका- ७ तेलगाईमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रीमती पद्मा कुमारी अर्यालले, कलैया उपमहानगरपालिका- १३ छोट्कीफुलबारिया र देवताल गाउँपालिका- ७ रामपुर्वामा प्रदेश नं. २ का मुख्यमन्त्री राउतले नवनिर्माणाधीन घरहरुको शिलान्यास गरे ।

हावाहुरी प्रभावित क्षेत्र पर्सामा ९१ घर र बारामा १३६२ घर गरी जम्मा १४५३ घर निर्माणका लागि विभिन्न १२ ठाउँमा नेपाली सेनाका इन्जिनियरहरुलगायत हाल २३३२ जना दक्ष जनशक्ति परिचालित भइरहेका नेपाली सेनाले जनाएको छ ।

तीन चरणमा सम्पन्न गरिने ‘जनता आवास’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४८२ घरहरु जेष्ठ २६ गते भित्र, दोस्रो चरणमा ४८२ घरहरु आषाढ २८ गते भित्र र तेस्रो चरणमा ४८९ घरहरु श्रावण ३० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।  निर्माणाधिन घरहरुको अनुगमन, नियन्त्रण, समन्वय र सहयोग गर्नको लागि स्थानिय स्तरमा पूनर्स्थापना तथा घर पूनर्निर्माण सहजीकरण समन्वय समिति समेत गठन भएको छ ।

शिलान्यास कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री  पोखरेलले नेपाली सेनालाई दिइएको जिम्मेवारी समयमा नै सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको बताए । यस्तै, प्रदेश नं २ का मुख्यमन्त्री राउतले निर्माण कार्यको लागि नेपाली सेनालाई जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको बताए ।

कार्यक्रममा नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिको प्रतिनिधित्व बलाध्यक्ष रथी गौरव तण्डुलले गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -