spot_img

जापानका नागरिकद्वारा काठमाडौंमा जापनिज भाषा कक्षा सञ्चालन

spot_img
spot_img

काठमाडौं, २१ वैशाख । जापानका नागरिकहरूद्वारा सञ्चालित ‘पोप्लर जापनिज् ल्याग्वेज इन्स्च्युट’को उदघाटन गरिएको छ ।

काठमाडौंका सुकेधारामा रहेको इन्स्च्युटले स्थापना गरेको कार्यालयको उदघाटन गरिएको हो । पोपुरा जापानकाका अध्यक्ष इतामिया गोरोले शनिबार विशेष कार्यक्रमका बीच कार्यालयको उदघाटन गरेका हुन् ।

कार्यक्रममा पोपुरा जापानका प्रबन्धक सिमादा, तोयोहितो र तानी खुमीलगायतको उपस्थिति रहेको थियो ।

यो संस्थाले राजधानीका विभिन्न स्थानहरूमा शाखा खोलेर जापानको भाषा सिकाउनेछ । भाषा सिकाइसकेपछि पोप्लरले स्कलसिपमा विद्यार्थीलाई जापान लैजानेछ ।

जापानको यो संस्थाले नेपालमा एक वर्षसम्म भाषा सिकाएर दक्ष बनाइ आफैले प्रक्रियाहरू पूरा गरेर निःशुल्क रुपमा जापान लैजाने जनाइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय