21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
27.7 C
Birgunj

व्यापारीद्वारा पत्रकारमाथि कुटपिट

सिफारिस

धनगढी : धनगढीमा स्थानीय एक व्यापारीबाट पत्रकार कुटिएका छन्। दिनेश एफएमका सम्बाददाता जनक विष्टलाई व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका हुन्।

- Advertisement -

त्रिनगर माध्यमिक विद्यालयको सटर भाडामा दिएको सम्बन्धमा रिपोर्टिङ गर्न गएका विष्टलाई व्‍यापारीले कुटपिट गरेका हुन्। समाचार संकलनको क्रममा थापाले एकाएक कुटपिट गरेको बताइएको छ।

- Advertisement -

विद्यालयका प्रधानाध्यापकसँग सटरका सम्बन्धमा जानकारी लिइरहेका बेला व्यापारी थापाले एकाएक आक्रमण गरेका थिए। कुटपिटबाट घाइते पत्रकार विष्टको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

घटनाको विरोधमा पत्रकारका पेसागत संघ–संगठनहरूले विज्ञप्ति जारी गरेका छन्।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -