spot_img

चोरी सिकार नियन्त्रण जागरण सम्बन्धि एक दिने गोष्ठी सम्पन्न

spot_img
spot_img
पर्साको ठोरी गाउँपालिका ४ मा चोरी सिकार नियन्त्रण जागरण सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ।
डब्लु डब्लु एफ नेपालको आर्थिक सहयोगमा संचालित गोष्ठीको आयोजना कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समितिले गरेको हो। समितिको कार्यालय भवन विशालचोकमा संचालित गोष्ठीमा सहभागीहरुलाई वन तथा वन्यजन्तुहरुको चोरी र सिकारले ल्याउने समस्या तथा चोरी सिकार नियन्त्रणका लागी अपनाउन सकिने सजगताका बारेमा जानकारी गराइएको कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष टङ्क प्रसाद तिमिल्सिनाले जानकारी दिए।गोष्ठीमा सहभागीहरुले चोरी सिकारी नियन्त्रण गर्दा भोग्नुपरेका समस्याहरुका बारेमा छलफल समेत गरेको उनले जानकारी दिए।
उपभोक्ता समितिका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा डब्लुडब्लु एफ नेपालका तर्फबाट बेदहरी दाहाल र श्रीकृष्ण चौधरीले सहजीकरण गरेका थिए ।गोष्ठीमा चोरी सिकारी युवा जागरण अभियानका संयोजक धन बहादुर तामाङ ,पर्सा राष्ट्रिय निकुञ्जका गेम स्काउट खगेन्द्र प्रसाद शाह लगायत संरक्षणका क्षेत्रमा आबद्ध विभिन्न ३० जना युवा ,महिला लगायतका संरक्षणकर्मीहरुको सहभागीता थियो ।
spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय