Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

ज्येष्ठ नागरिकको यौन स्वास्थ्य

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ढल्कँदो उमेरमा महिलामा योनिरस कम उत्पादन हुने, पाठेघर एवं योनिको संकुचन घट्ने, योनिमार्गको भित्ता पातलिने तथा चरम सन्तुष्टि कम हुने पाइन्छ भने पुरुषमा लिड्ड उत्तेजनाको समस्यासँगै वीर्य स्खालन कम वा हुँदै नहुने, फेरि यौन उत्तेजनामा आउन समय लाग्ने, प्रभावकारी तरिकाले योनि छेदन गर्न नसक्ने जस्ता समस्या सिर्जना हुन सक्छन् ।

विगतको जनगणनाको तुलनामा नेपाली महिला तथा पुरुष दुवैको सरदर आयु बढ्दो क्रममा छ । उमेर बढेसँगै विभिन्न समस्या निम्तिने तथा शारीरिक शिथिलता देखा पर्ने क्रममा बढ्दो उमेरमा यौन स्वास्थ्यको छुट्टै महत्व हुन्छ । वृद्धावस्थामा यौन क्षमता तथा चाहना कम हुने धारणा छ, तर सबै व्यक्तिमा यो नियम लागू हुन्छ भन्ने छैन । एकल जीवन गुजारिरहेका कतिपय ज्येष्ठ नागरिकमा अधिक यौनचाहना भएका कारण सामाजिक बेइज्जती खप्नुपर्ने, सजायको भागीदार बन्नुपर्ने घटना सुन्नमा आउँछन् ।

बढ्दो उमेरसँगै सम्पूर्ण शरीरकै कार्य क्षमतामा कमी आउनु स्वाभाविक हो, तर यस्तो वास्तविकतालार्ई नजरअन्दाज गरी यौन क्षमतामा आउने कमीलार्ई बढाई–चढाई गर्नुको कुनै तुक छैन । सफल यौनक्रियाका लागि पुरुषमा सशक्त लिङ्ग उत्तेजना तथा महिलामा पर्याप्त योनिरसको उत्पादन हुनु जरुरी छ, तर ज्येष्ठ नागरिकमा यी आधारभूत तत्वको अभावमा यौनसम्पर्क आशातित नहुन सक्छ । त्यसका अतिरिक्त ढल्कँदो उमेरसँगै मधुमेह, उच्च रक्तचाप, दम, उच्च कोलेस्टेरोल तथा हाडजोर्नीको समस्याले पनि यौन क्रियाकलापमा रुचि नलाग्ने तथा वाधा उत्पन्न हुने हुन्छ ।

ढल्कँदो उमेरमा महिलामा योनिरस कम उत्पादन हुने, पाठेघर एवं योनिको संकुचन घट्ने, योनिमार्गको भित्ता पातलिने तथा चरम सन्तुष्टि कम हुने पाइन्छ भने पुरुषमा लिङ्ग उत्तेजनाको समस्यासँगै वीर्य स्खालन कम वा हुँदै नहुने, फेरि यौन उत्तेजनामा आउन समय लाग्ने, प्रभावकारी तरिकाले योनि छेदन गर्न नसक्ने जस्ता समस्या सिर्जना हुन सक्छन् ।

लामो समयदेखिको यौनसाथीको मृत्युपछि एक्लो महसुस गर्दा यौन स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्छ, तर यौन सक्रियता चाहेको खण्डमा ज्येष्ठ नागरिकलार्ई छेकबार भने लगाउनु हुँदैन ।

परम्परागत सोचयुक्त समाजमा महिलामा अझ बढी यौनचाहना हुँदैन । तिनीहरूले यौन सक्रियता देखाउँदैनन् भन्ने धारणा छ, तर वास्तविकता त्यसो होइन । आफ्नो इच्छा वा चाहना अभिव्यक्त गर्न नसक्ने, नमिल्ने वा नपाउने वातावरणले गर्दा त्यस्तो भएको हुनसक्छ । यो मामिलामा महिलाले पनि महिनावारी रोकिनेबित्तिकै आफ्नो यौन स्वास्थ्य समाप्त भएको मान्नु हुँदैन ।

ज्येष्ठ नागरिकका दम्पतीबीच व्यापक मात्रामा यौनिक भलाकुसारी गर्न सकिन्छ । विदुर वा विधवाको स्थितिमा रहेका आफ्ना अभिभावकको यौन स्वास्थ्यको पक्षमा पनि ध्यान पुर्‍याउनु आधुनिक छोराछोरीको दायित्व हो । ढल्कँदो उमेरका व्यक्तिले लिङ्ग योनिसम्पर्कमा मात्र जोड नदिई आलिङ्गन, स्पर्श, चुम्बन, पारस्पारिक हस्तमैथुनजस्ता वैकल्पिक उपायहरू अपनाउन सक्छन् । लिङ्ग योनि मैथुनकै क्रममा आफ्नो स्वास्थ्य एवं शारीरिक अवस्था सुहाउँदो आसन प्रयोग सँगै योनिमार्ग तथा पुरुष लिङ्गको छाला चिप्लो बनाउने पदार्थ (जेल) उपयोग गर्न सकिन्छ । कतिपय अवस्थामा आफ्नो जीर्ण रोगका लागि खाइरहेको औषधिका कारण यौन स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ ।

यसका लागि सम्बन्धित चिकित्सकसँग सल्लाह–परामर्श गर्नुपर्छ । मुख्य कुरा ज्येष्ठ नागरिक पुरुष वा महिला जोसुकैले आफूमा यौनिक नैराश्यता आउन दिनु हुँदैन । सामाजिक तवरमा स्वीकार्य हुने हिसाबले आफ्नो यौनिक सक्रियता कायम राख्नुपर्छ ।

 

-Saptahik

 

ताजा समाचार

थप समाचार