सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...

हजुर आमाकाे हत्या गरेको...

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ...

शिक्षा मन्त्रालयको अख्तियारलाई पत्र...

काठमाडौँ,०३ वैशाख । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस...
23.1 C
Kathmandu
33 C
Birgunj

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : उपसभापति निधि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान संशोधनको मुद्दालाई कांग्रेसले मात्र जिवन्त राखेको बताएका छन् ।
आज जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति निधिले मधेसका नाममा मत लिएकाहरुले संविधान संशोधनको मुद्दा बिर्सिसकेको आरोप लगाए ।

- Advertisement -

संविधान संशोधनको मुद्दालाई नछाड्ने भन्दै उनले कांग्रेसले मात्रै संविधान संशोधन गराउने दाबी गरे ।

संविधान संशोधनलाई मुद्दा बनाएर जनताको मत लिएका फोरम र राजपा संविधान संशोधनको मुद्दा बिर्सिसकेको उनले बताए । ‘राजपाले पनि यो मुद्दा छाडिसकेको छ’ निधिले भने, ‘सरकारमा रहेका उपेन्द्रको पार्टी त झन संशोधनको पक्षमा छैन ।’

- Advertisement -

कांग्रेस उपसभापति निधिले सकार संघीयतालाई समाप्त पार्न लागेको आरोप पनि लगाए । ‘संघीयतालाई बर्बाद पार्दै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ’ उनले भने, ‘सरकारको यही रबैयालाई जनता समक्ष ल्याउनका लागि हामीले भोलिबाट देशभर जागरण अभियान सुरु गर्दैछौं ।’

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार