बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

प्रधानमन्त्री भन्छन्, ‘यो पनि मजाक उडाउने विषय हो र ?’

सिफारिस

काठमाडौं – प्रधानामन्त्री केपी शर्मा ओलीले राजमार्गमा हवाई मार्ग बनाउने योजनाको मजाक उडाईएको बताएका छन् । सरकारले आफ्नो नीति तथा कार्यक्रममा राजमार्ग क्षेत्रमा आपतकालिन हवाई अवतरण केन्द्र बनाउने योजनाको चौतर्फी विरोध हुन थालेपछि प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिएका हुन् ।

- Advertisement -

मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘बीच राजमार्गमा हवाई धावनमार्ग नै बनाउने भनिएको होईन् । उपयुक्त राजमार्गमा आपतकालिन अवस्थामा जहाज अवतरण गर्न मिल्ने गरी राजमार्गको स्तरोन्नति गरिने हो । ३ किलोमिटर लामो सडकलाई सिधा बनाएर छेउछाउका बिजुली पोल व्यस्थित गरिने, रुखहरुको व्यवस्थापन गरेर आपतकालिन अवतरण गर्न बनाईने हो ।’

भारत लगायत विभिन्न देशमा पनि आपतकालिन अवस्थामा बीच सडकमै जहाज अवतरण गरिएको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने, ‘साथीहरु कुरै नबुझी कुनै पनि कुराको मजाक उडाउछन् ।’

- Advertisement -

रकारले राष्ट्रिय राजमार्गलाई नै धावनमार्गका रूपमा स्तरोन्नति गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत राजमार्गका उपयुक्त खण्डमा आपतकालीन विमान उडान र अवतरण गर्न सक्‍ने धावनमार्गका रूपमा विस्तार गर्ने योजना अगाडि सारेको हो। उक्त योजनाको चौतर्फी विरोध तथा मजाक उडाईरहेको बेला प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -