काठमाडौँ, २४ बैशाख — प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले सुन तस्करी बन्द गरेको दाबी दोर्होयाएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा सोमबार उनले तस्करीका सबै प्वाल बन्द गरिएको दाबी गरे ।
अघिल्ला सरकारका पालामा तस्करी भएको बताउँदै उनले वर्तमान सरकारले त्यसलाई रोकेको बताए । उनले तस्करीमा संलग्नहरुलाई कानुनी कारवाही भइरहेको उल्लेख गरे ।
अहिलेको सरकारको पालामा भएको हो र तस्करी ? प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले त बन्द गरेको हो । ३८ क्वीन्टल सुन खै रे, त्यो त पहिलेका सरकारलाई थाहा होला ।
उनले बालुवाटारको सरकारी जग्गा अतिक्रमणको काम अहिलेको सरकारले रोकेको र अघिल्ला सरकारका पालामा व्यक्तिका नाममा गएको जग्गा फिर्ता ल्याउने काम गरेको दाबी गरे ।
देशका विभिन्न ठाउँमा अतिक्रमण गरिएका सार्वजनिक जग्गा तत्काल रोक्ने र सरकारको नाममा ल्याउने काम थालेको प्रधानमन्त्री ओलीले बताए ।