spot_img

‘ठोरी ४ मा विषालु सर्पको डस्दा फेरि एक जनाको मृत्यु

spot_img
spot_img

करिब १ महिना अघि सर्पकाे डसाइबाट ठाेरी ४ निर्मलबस्तीका एक वृद्दकाे ज्यान गएकाे घट्ना सेलाउन नपाउदै फेरी पर्साको ठोरी गाँउपालिकामा विषालु सर्पको टोकाइबाट गएराती एक जनाकाे ज्यान गएकेा छ।गाँउपालिकाकाे वडा न. ४ फायरलाईनमा विषालु सर्पले डस्दा स्थानीय ५९ बर्षिय टेक बहादुर श्रेष्ठकाे ज्यान गएकाे वडा सदस्य समेत रहेका स्थानीय तेज बहादुर श्रेष्ठले जानकारी दिए।

Image may contain: plant, tree and outdoor

हिजो दिनभर नै अाफन्तकाे बैबाहिक कार्यक्रममा सहभागी भएर साँझपख घर फर्किएका मृतक श्रेष्ठलाई घरमा थुपारिएकाे सुर्ती सार्ने क्रममा सर्पले डसेकाे वडा सदस्य श्रेष्ठले बताए।

सर्पले डसेका श्रेष्ठलाई उपचारका लागि बिरगन्ज लैजाने क्रममा राती करीब ९:३० बजे बाटोमा नै मृत्यु भएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय