spot_img

विजयवस्तिमा रहेको सहकारी सस्था लिमिटेडले आजदेखि सुर्ती किसानहरुको रकम भुक्तानी दिन थाले

spot_img
spot_img

ठोरी ४ विजयवस्तिमा रहेको सयपत्री वचत तथा ऋण सहकारी सस्था लिमिटेडले आजदेखि सुर्ती किसानहरुको रकम भुक्तानी दिन थालेको छ।हिउँदे बाली अन्तर्गत सुर्ती खेती गरी सुर्य नेपाल प्रालिमा सुर्ती विक्री गरेका किसानहरुको सहकारीले रकम दिन थालेको हो। करीब २ साताअघि सुर्य नेपाल प्रालिमा सुर्ती विक्री गरेका ठोरी ४ मालीवस्तिका किसानहरुको रकम भुक्तानी गरिएको सस्थाका व्यवस्थापक सन्तोष श्रेष्ठले बताए ।

आज मालीवस्तिका ४१ जना किसानहरूलाई करीब ४३ लाख ६३ हजार रकम भुक्तानी गरिएको व्यवस्थापक श्रेष्ठले बताए ।भोलि ठोरी ५ बाघमोर्चाका सुर्ती किसानहरुको रकम भुक्तानी गरिने पनि उनले बताए ।

सुर्ती किसानहरुलाई यसअघि सुर्ती विक्री गरेबापतको रकम लिन कहिले बिरगंज त कहिले जीतपुर जानुपर्दा सास्ती हुने भएपछि पोहोर सालदेखि सयपत्रीबाट नै रकम भुक्तानीको व्यवस्था मिलाइएको हो।सुर्य नेपाल प्रालिले सयपत्रीसंग समन्वय गरेर कृषकको रकम भुक्तानीको व्यवस्था मिलाउदै आएको व्यवस्थापक श्रेष्ठले बताए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय