शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024
शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024

नेपाल पत्रकार महासङ्घ पर्साको...

वीरगञ्ज, पर्सा — नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनको मतगणना शुक्रबार राति साढे १०...

५ देशका लागि राजदूत...

काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।...

ओलीले देशमा शान्ति, सुरक्षा...

काठमाडौँ, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री...

एनपीएलमा विराटनगरको दोस्रो जित,...

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको...
6.1 C
Kathmandu
12 C
Birgunj
spot_imgspot_imgspot_img

बारा, पर्साका प्रभावितहरुको घर निर्माण कार्यमा सेनाले तिव्रता दिएकोछ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, बैशाख २८ गते । नेपाली सेनाले गत चैत १७ गते आँधीबेहरी सहित आएको हावाहुरीले घरवार बिहिन भएका बारा, पर्साका प्रभावितहरुको घर निर्माण कार्यलाई तिव्रता दिएको छ ।

- Advertisement -

घर निर्माणका लागि बारा, पर्सामा नेपाली सेनाका ७ सय इन्जिनियरहरु सहित ६ हजार सेनाका जवान तथा स्थानीय मजदुरहरु एक साथ ४१/४२ डिग्री तापक्रमको उखरमाउलो गर्मीमा समेत दिनरात नभनि काम गरि रहेका छन् ।

हावाहुरीबाट प्रभावितहरुको घर निर्माणका लागि अहिले सेनाले धमाधम निर्माण सामग्री गिटी, बालुवा, ढुङ्गा, इटा खसाउने काम गरि रहेको छ भने दुई कोठा सहित, भान्सा घर, शौचालय र वरण्डा समेत भएको घरको नक्सांकन गरी धमाधम जग खन्ने तथा पिलर ठड्याउने काम एक साथ भई रहेको छ ।

- Advertisement -

नेपाल सरकारले हावाहुरीबाट प्रभावितहरुलाई एकीकृत बस्ती योजना अन्र्तगत जनता आवास कार्यक्रमका लागि घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएर बैशाख २१ गते देखि निर्माण कार्यको औपचारिक रुपमा शुरुवात गरेको थियो ।

नेपाली सेनाले बर्षा अगावै घर निर्माण सम्पन्नगर्ने गरी बारामा एक हजार ३ सय ६२ तथा पर्सामा ९१ गरि एक हजार ४ सय ५३ घर निर्माणगर्ने नेपाली सेनाका सहायक रथी एवं् प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

बाराको पुरैनिया, भलुही, भरवलीया, हर्दिया, परसुरामपुर, तेलगाइ, बेनौली, रमपूर्वा र चैनपुर र पर्साको जगरनाथपुर, उदयपुरघुर्मी गरि १२ स्थानमा एकैसाथ घर निर्माण कार्य सुरु भएको छ ।

गएको चैत १७ गते आएको हावाहुरीमा परेर २९ जनाको ज्यान जानुका साथै छ सय भन्दाबढी घाईते र १४ सय ५३ घर पूर्ण रुपमा ध्वस्त भएका थिए । सेनाले घर निर्माण शुरु गरेपछि स्थानिय वासिन्दाले खुशी व्यक्त गरेका छन् ।

प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा हावाहुरीबाट पूर्णरुपमा घर ध्वस्त भएकाहरुको तथ्यांङ्क लिन छुटेको र घर नबन्दा आफूहरुको टेन्टमै बास हुने भन्दै केहि स्थानिय यस मियाँ ठकुराईले आक्रोश समेत व्यक्त गरेका छन् ।

बारा, पर्सामा नेपाली सेनाले तीन चरणमा हावाहुरीबाट प्रभावित घर निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी बढेको छ । स्थानिय जनप्रतिनिधि, प्रदेश सरकार, स्थानिय प्रशासनको समन्वयमा निर्माण कार्य अगाडी बढे तोकिएकै समयमा घर निर्माण हुनेमा आफुहरु विश्वास गरिएको सोहिबा खातुनले बताउनुभयो ।

नेपाली सेनाले तीन चरणमा घर निर्माण कार्य सम्पन्न गर्ने र सरकारले घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ उपलब्ध गराएको समेत प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार