spot_img

सिरहामा बेवारिसे शव फेला

spot_img
spot_img

सिरहा, २८ वैशाख । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नमबर १ स्थित बाखरगाउँ नजिक रहेको सपेत घारीमा एक बेबासिरे शव फेला परेको स्थानीयबासीले बताएका छन ।

नाम, ठेगाना नखुलेको अन्दाजी ६० वर्षको पुरुष तराई मूलको देखिने उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।

मृतक व्यत्तिको सनाखत हुन सकेको छैन । मृतकको हुलिया उचाई ५ फिट ५ ईञ्च, कपाल अर्ध फुलेको मोटो शरीर अन्दाजी ८५ किलो खैरो स्वेटर खैरो कमिज गम्छा लगाएको र शव पोष्टमार्डमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ ।

मृतकको कुनै आफन्त खोज तास गर्न नआएको ईलाका प्रहरी कार्यालय लहानमा प्रहरी निरीक्षक विजय यादवले जानकारी दिएका छन ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय