23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

सन्दीप लामिछाने भोलि स्वदेश फर्किदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । आईपीएल क्रिकेट खेल्न भारतमा रहेका नेपाली युवा खेलाडी सन्दीप लामिछाने आइतबार नेपाल आउने भएका छन् ।

- Advertisement -

भारतमा जारी आईपीएलको दोस्रो क्वालिफायरमा उनको टिम दिल्ली क्यापिटल्स चेन्नाई सुपरकिंग्ससँग पराजित भएसँगै सन्दीपको पनि आईपीएल यात्रा टुंगिएको थियो ।

- Advertisement -

गत सिजनमा आईपीएलमा डेब्यू गरेको सन्दीपले यस पटक चाँडै नै मौका पाएका थिए । २०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलका सन्दीपले यस पटक सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए ।

यस पटक उनले समग्रमा ६ खेलमा प्लेयिङ सेटमा स्थान बनाउँदा ८ विकेट लिए । आइतबार नेपाल आए पनि उनले आसन्न प्रधानमन्त्री कप ९पीएम कप० खेल्न नखेल्ने बारे अहिलेसम्म टुंगो लागिसकेको छैन् ।

उनी प्रदेश तीनबाट खेल्ने सम्भावना रहे पनि यसबारे औपचारिक जानकारी सोमबार आउने बताइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -