[ndc-today-date]
[ndc-today-date]

जनमत पार्टीले मधेस सरकारबाट...

जनकपुर,०८ जेठ । मधेस सरकारमा सहभागी जनमत पार्टीले आफ्नो मन्त्री फेरबदल गर्ने भएको...

कञ्चनपुरका वन अधिकृत ठाकुरमाथि...

कञ्चनपुर,०८ जेठ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालो...

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

नेपाल र कम्बोडियाबिच पर्यटन प्रवर्द्धन र व्यापार विस्तार गर्ने सहमति

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३१ बैशाख — नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा र्पुयाउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

- Advertisement -

 

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन् ।

- Advertisement -

त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका छन् ।

दुई देशबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, सहयोग विस्तार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लगायत विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको भ्रमणमा छन् । उनका साथ धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारी लगायत छन् ।

ताजा समाचार

spot_img

थप समाचार