मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...

खोलाले बगाएर बेपत्ता ...

त्रिशूली,०१ असाेज । दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन पर्नुपूर्व स्नान गर्ने...

वीरगन्जबाट ब्राउन सुगरसहित...

वीरगन्ज, १ असोज । वीरगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ...
26.1 C
Kathmandu
32.5 C
Birgunj

सेवा केन्द्र अन्यत्र सार्ने गाउँसभाको निर्णय विरुद्ध गाउँपालिकाको कार्यालयमा ताला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३१ बैशाख — पाँचथरको फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा मंगलबार घुर्बिसे पञ्चमीका स्थानीयले ताला लगाएका छन् ।

- Advertisement -

घुर्बिसे पञ्चमीबाट सेवा केन्द्र अन्यत्र सार्ने गाउँसभाको निर्णय विरुद्ध पञ्चमीवासी आन्दोलनमा उत्रिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल खत्रिले बताउनुभयो । सोमबार सम्पन्न गाउँसभाले फाल्गुनन्द गाउँपालिका ५ फाक्तेपको याम्पाबुडदेखि मुन्तिर र कोल्बुङदेखि मास्तिर हुनेगरी सेवा केन्द्र सार्ने निर्णय गरेको थियो ।

 

- Advertisement -

सेवा केन्द्र पञ्चमीमै राख्नुपर्ने माग राख्दै पञ्चमी बजारका स्थानीय आन्दोलमा उत्रिएका स्थानीय बिनोद कुमार आङ्देम्बेले बताउनुभयो । उहाँका अनुसार स्थानीयले बजार पसल बन्द गरेका छन् । पञ्चमी आसपासका शैक्षिक संस्था पनि बन्द गर्न आह्वान गरिएको छ । यातायात पनि बन्द गरिएको छ ।

 

स्थानीयसवासीलाई आन्दोलन फिर्ता लिएर छलफलमा आउन गाउँपालिकाले पहल गरिरहेको गाउँपालिकाका कार्यबाहक अध्यक्ष देवित्रा आङ्देम्बेले जानकारी दिनुभयो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार