Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

प्रेस जगतको स्वतन्त्रता माथि आक्रमण गर्नु लोकतन्त्र माथिको आक्रमण हो : कांग्रेस उपसभापति निधि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३१ बैशाख — पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले मिडिया काउन्सिल मार्फत प्रेस जगतलाई मन्त्रालयको शाखाको रुपमा परिणत गर्ने कुचेष्टा गरिरहेको आरोप लगाउनुभएको छ । मिडिया काउन्सिल सम्बन्धि ऐन मार्फत प्रेस जगतको स्वतन्त्रता माथि नै आक्रमण गर्दै सूचना तथा सञ्चार मन्त्रालयको शाखा बनाउन चाहेको उहाँको आरोप छ ।

 

जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्र्दै कांग्रेस उपसभापति निधिले प्रेस जगतको स्वतन्त्रता माथि आक्रमण गर्नु लोकतन्त्र माथिको आक्रमण भएकोले तत्काल मिडिया काउन्सिल सम्बन्धि विधेयक फिर्ता लिन माग गर्नुभयो । पत्रकारहरुलाई मर्यादित बनाउनका लागि प्रेस काउन्सिल रहेकै अवस्थामा मिडिया काउन्सिल सम्बन्धि ऐनको कुनै आवश्यक्ता नरहेको उहाँको भनाई छ ।

प्रेसको स्वतन्त्रता माथि आक्रमण नेपाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने उहाँले बताउनुभयो । मिडिया काउन्सिल सम्बन्धि विधेयकमा पत्रकारलाई एक करोडसम्म जरिवाना तथा १५ वर्षसम्मको जेल सजायको व्यवस्था राख्नुले नै सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको स्पष्ट भइसकेको उहाँले बताउनुभयो । निधिले सरकारले सञ्चार जगतसंगै सम्बन्धित विज्ञापन सम्बन्धि ऐन, सूचना प्रविधि सम्बन्धि ऐन, सार्वजनिक प्रसारण सम्बन्धि ऐन समेत ल्याउन लागेको जानकारी गराउनुभयो ।

ताजा समाचार

थप समाचार