spot_img

नियम र कानून बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने ः मुख्यमन्त्री राउत

spot_img
spot_img

बीरगंज, ३० बैशाख — प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हँुदै गएको टिप्पणी गर्नु भएको छ ।

 

उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा सम्पन्न प्रशासकीय न्याय, सकारात्मक सोच र सेवा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सेवाग्राहीहरु झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने भएकाले सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यवहारिक बनाउनु पर्ने बताउनु भयो ।

मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्यको शुरुवात माथि बाटै हुनु पर्ने उल्लेख गर्दै नियम र कानून बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने दावी गर्नुभयो ।
नियम कानुन मिचेर गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहमा आएको कर्मचारीहरुमा आतंक सृजना गर्ने कार्य गरेको उहाँको भनाई छ ।

जनकपुर उच्च अदालतका मुख्यन्यायधिश हरि पोखरेलको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा. विजय दत्त, उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दहाल, प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी प्रदिप कडेल सहितले सम्बोधन गर्नु भएको मुख्यमन्त्रिका स्वकिय सचिब दिपक यादबले जानकारी दिनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय