spot_img

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु दुर्भाग्यपूर्ण : अमेरिकी राजदूत

spot_img
spot_img

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने कानुन बनाउनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सर्वजनिक गरेका हुन् ।

ट्वीटमा उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको भन्दै प्रेसमाथिको अंकुश लोकतन्त्रमाथिकै अंकुश हुने बताए ।

ट्वीटमा उनले लेखेका छन्-‘नेपालका नेताहरुले मलाई बारम्बार प्रजातान्त्रिक स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता जनाएका छन् । प्रेस स्वतन्त्रता भनेको प्रजातन्त्रको आधारभूत तत्व हो । पछिल्लो समयमा सरकारका क्रियाकलाप र कानून, नीति नियमले स्वच्छन्द ढंगले चल्नुपर्ने प्रेसले मलाई चिन्तित तुल्याएको छ ।’
उनले गरेको ट्वीट यस्तो छ–

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय