10.1 C
Kathmandu
Thursday, December 1, 2022
10.1 C
Kathmandu
19 C
Birgunj

एभिन्युज प्रकरण : अगामी रणनिती तय गर्न पत्रकार महासंघको बैठक बस्दै

सिफारिस

वीरगञ्ज ३१, वैशाख – एभिन्युज टेलिभिजनको ब्युरो कार्यालय वीरगञ्जमा सोमबार भएको आक्रमणको नेपाल पत्रकार महासंघ प्रदेश २ तथा पर्साले निन्दा गरेको छ । आक्रमणको निन्दा गदैै विरोधका कार्यक्रम तथा आगामी रणनिती तय गर्ने विषयमा अहिले नेपाल पत्रकार महासघ पर्साको सभाहलमा बैठक बसिरहेको छ । बैठकमा पत्रकार महासंघका प्रादेशिक सभापती, पर्साका सभापति तथा पर्सेली सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

- Advertisement -

आईतबार साँझ एभिन्युज खबर टेलिभिजनबाट प्रसारित उप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विवादास्पद अन्तवार्ताको झोकमा समाजवादी पार्टीका नेता कार्यकर्ताहरु द्धारा ब्युरो कार्यालयमा आक्रमण भएको थियो ।

मुखमा कालोपट्टी बाँधी आएका युवाहरुको समुहले आक्रमण गर्दा कार्यालयको झ्याल तथा ढोकामा रहेका सिसा फुटेका थिए भने कार्यालयको द्धारमा राखिएको ब्यानर पनि च्यातिएको थियो । साथै एक थान क्यामेरा पनि फुटाइएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -