spot_img

ह्याप्पी बर्थ डे सन्नी

spot_img
spot_img

मुम्बई – बलिउड अभिनेत्री सन्नी लियोनीले सोमबार जन्मदिन मनाएकी छन्। भारतीय मूलकी पोर्न स्टार सन्नी ३८ वर्षमा प्रवेश गरेकी  हुन्। पञ्जाबी बाबु र हिमाञ्चल प्रदेशकी आमाकी छोरी उनी १३ वर्षको हुँदो परिवारका साथ अमेरिका बसाई सरेकी थिइन्। उनले १९ वर्षको उमेरमा एउटा बेकरी सपमा वेटरका रूपमा काम सुरु गरेकी थिइन्।

सन्नीले पेन्ट हाउस नामक म्यागजिनका लागि तस्बिर खिचाएपछि उनको न्युड तस्बिर भाइरल बनेको थियो। त्यसपछि सन्नीलाई धेरै ठाउँबाट अफर आएका थिए। उनी २००३ मा ‘विविड इन्टरटेन्टमेन्ट’ नामक प्रोडक्सन हाउसमा तीन वर्षका लागि अनुबन्धित भइन्।

सन्नी चर्चित रियालिटी सो ‘बिग बोस’मा सहभागी भएकी भइन्। त्यसबाट उनलाई बलिउड प्रवेशको ढोका खुलेको थियो। अतिथिको रूपमा पुगेका निर्देशक महेश भट्टले ‘जिस्म २’ का लागि सन्नीलाई अफर गरेका थिए। उनी कुनै बेला चलचित्रको आइटम गीतमा पहिलो रोजाइ बन्ने गर्थिन्।

अतीत छाडेर भारतमा नै आफूलाई स्थापित गरेकी सन्नीले पहिलो किस ११ वर्षको उमेरमा खाएको र १६ वर्षको उमेरमा आफ्नो भर्जिनिटी तोडेको बताएकी छन्।

सन्नीले पोर्न इन्डस्ट्रिजमा १९ वर्षको उमेरबाट करियर सुरु गरेकी थिइन्। सबैभन्दा पहिले लेस्बियन प्रस्तुति दिएकी उनले एडल्ट इन्डस्ट्रिजको फेमस म्यागजिनको ‘कभर अफ दी इयर’का लागि ६८ लाख रुपैयाँ लिएकी थिइन्। सन्नीले ४१ पोर्न चलचित्रमा आफैं अभिनय गरेकी छिन् भने २५ वटा निर्देशन गरेकी छिन्। –एजेन्सी

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय