Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...

संविधानको मर्मअनुसार शासन सञ्चालन...

काठमाडौं,०७ फागुन । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे ले संविधानको मर्म र भावनाअनुरूप...
spot_img

अब विकासको लागि नयाँ मोडलको खोजी गर्नुपर्छ : प्रचण्ड

spot_img

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी दिए ।

मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरे ।

नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीहरुमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुने अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निष्तेज पारेर अर्गानिक कृषिबाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास पनि व्यक्त गरे ।
२ दिनसम्म चल्ने सो सम्मेलनमा भारत, भुटान, क्युवालगायतका मुलुकहरु सहभागी भएका छन ।

spot_img

ताजा अपडेट

लोकप्रिय