Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

त्रिभुवन राजपथ सिफ्ट प्रकरणः...

वीरगञ्ज, ३० पुस — वीरगञ्ज बचाउ युवा व्यापारी संघर्ष समितिको अगुवाइमा दायर गरिएको त्रिभुवन...

राजनीतिक अस्थिरताले देशलाई खतरा,...

वीरगञ्ज, ३० पुस - मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी...

देउवा समूहको कारबाहीमा सहमहामन्त्री...

वीरगञ्ज, ३० पुष  । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि सभापति...

संस्थापनको घोषणासँगै कांग्रेस विभाजनतर्फ!

वीरगञ्ज, ३० पुष । नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहमहामन्त्रीलाई पाँच...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
12.6 C
Birgunj
spot_img

नेपाल र कम्बोेडियाका प्रधानमन्त्रीबीच भेटवार्ता, व्यापार विस्तार गर्ने समझदारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरे ।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भयो । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको छ । सो अवसरमा प्रधानमन्त्रीद्वयले पहिले एक्लाएक्लै र पछि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।

दुई देशबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, सहयोग विस्तार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लगायत विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको भ्रमणमा छन् । उनका साथ धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारीलगायत छन् ।

ताजा समाचार

थप समाचार