Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

नेपालमा एक वर्षमा १६...

काठमाडौँ,१६ वैशाख । नेपालमा पछिल्लो एक वर्षमा १६ हजारभन्दा बढी घरेलु हिंसाका घटना...

आज मधेसमा हल्कादेखि मध्यम...

वीरगन्ज,१६ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु...

तुलसीलाल प्रतिष्ठानमार्फत सरकारी स्रोतको...

काठमाडौं,१६ बैशाख । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेकपा एमालेले तुलसीलाल...

नेपाल प्रहरीमा ६ डीआईजी...

काठमाडौं,१६ बैशाख । सरकारले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) लाई...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

कागजात नक्कली भएपछि कुवेत हिँडेका ४३ नेपाली विमानस्थलबाटै फर्किए

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – वैदेशिक रोजगारीका लागि कुवेत हिँडेका ४३ जना नेपाली विमानस्थलबाटै फिर्ता भएका छन् । रोजगारीका लागि विदेश जान भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनीहरुको भिसा तथा टिकट नक्कली भएपछि फिर्ता भएका हुन् । शुक्रबार बेलुका ८ बजेको उडान समय भनिए पनि दिउँसो ३ बजे नै उनीहरु विमानस्थल पुगेका थिए।

- Advertisement -

विमानस्थलको वैदेशिक रोजगारका लागि प्रस्थान कक्षको ढोकामा पुगेर आफ्ना सबै कागजपत्रहरु देखाउँदा नक्कली भएको खुलेपछि फर्काइएका हुन् । स्याङ्जाका श्याम थापाले कुवेतको ‘मार्केट’ मा राम्रो काम भएको भन्दै नेपालीहरुसँग १ लाखदेखि १ लाख २५ हजार रुपैयाँ सम्म मागेका थिए । कुवेतमा मासिक कमाइ ४० हजार रुपैयाँ भन्दा बढी हुने सुनाएपछि उनीहरु सबै जान तयार भएका थिए ।

३ बजे विमानस्थल पुगेका उनीहरु कुवेत उडाउने भन्दै पैसा बुझाएका व्यक्ति थापाको प्रतिक्षामा बसे। थापा नआएपछि उनीहरुले सम्पर्क गर्न खोजे। तर, थापाको फोन ‘स्विच अफ’ थियो । पछि चेक गर्दा सबैजनाको टिकट र भिषा नक्कली रहेछ ।

- Advertisement -

उनीहरुलाई विभिन्न कम्पनी वा सुपर मार्केटमा सजिलो काम लगाइदिने भनेर आश्वासन दिइएको थियो। अर्घाखाँचीका हरिप्रसाद श्रेष्ठ, राजेन्द्र थारु, राम कार्की, प्रेम बलाल, कृष्णबहादुर रायमाझीलगायत अन्य ४३ जनाले श्यामलाई १ लाख देखि डेढ लाख रुपैयाँसम्म रकम बुझाएका थिए। उनीहरुले थापालाई करिब ५० लाखभन्दा बढी रकम दिएका थिए ।

विमानस्थलबाट फिर्ता भएपछि २ दिनसम्म श्याम थापा सम्पर्कमा आएनन्। युवाहरुले प्रहरीमा उजुरी गरेपछि थापालाई प्रहरीले पक्राउ गर्‍यो।

ठगिएको केही प्रमाण नभएकाले नियन्त्रणमा लिएको २४ घण्टापछि लिएको रकम फिर्ता गर्ने कागज बनाएर थापालाई प्रहरीले छाडेको छ । अहिले सम्पर्क गर्दा थापाले रकम भोलि दिने भन्दै झुल्याइरहेको पीडित युवाहरुको भनाई छ ।

ताजा समाचार

spot_img

थप समाचार