spot_img

ट्राफिक प्रहरीलाई सय रुपैयाँ घुस, पक्राउ परे ट्रक चालक

spot_img
spot_img

झापा, बैशाख ३१ – ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एकजना ट्रक चालक पक्राउ परेका छन् ।

झापाको मेचीनगर नगरपालिकापा-१३ पूर्बपश्चिम राजमार्गस्थित चारआली चौकबाट प्रहरीले ती चालकलाई पक्राउ गरेको हो। एक सय रुपैयाँ घुस दिन खोजेको अभियोगमा प्रहरीले अर्जुनधारा नगरपालिकापा-२ बस्ने ४२ वर्षीय रामकुमार लिम्बूलाई सोमबार राति पक्राउ गरेको हो ।

चालक लिम्बूले सवारी चालक अनुमतिपत्रबिना नै ना.३ ख ५७९६ नम्बरको ट्रक चलाएको खुलेको छ। इलाका प्रहरी कार्यालय काकडभिट्टाको प्रहरीले जाँच गर्ने क्रममा लिम्बु पक्राउ परेका हुन्।

साथमा सवारी चालक अनुमतीपत्र नभएको बताउँदै एक सय रुपैयाँ दिन खोजेपछि उनलाई पक्राउ गरी हिरासतमा लिइएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय