Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

बीरगन्ज भन्सारबाट ११ महिनामा...

बीरगन्ज,०२ असार । बीरगन्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब...

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

सञ्चारमन्त्रीको प्रश्न- टेलिफोनको टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने टिप्पणी गरेका छन् । मिडिया काउन्सिल विधेयकलाई लिएर नेपाल पत्रकार महासंघले आन्दोलन गरिरहेको छ । मन्त्री बास्कोटाले भने कोही मानिस कुरै नबुझी दौडिरहेको बताए । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रेसका नाममा छाडातन्त्र स्वतन्त्रताको नभएको बताए ।

- Advertisement -

सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए ।

अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै उनले आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्ड समेत दिइने गरेको बताए । उनले प्रश्न गरे, ‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ? ‘ यस्तो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक हो वा प्रचारक हो भन्ने प्रश्न गर्दै उनले आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न नमिल्ने बताए ।

- Advertisement -

समाचार लेखेर कोही पनि पक्राउ नपर्ने भन्दै उनले संसदमा दर्ता भएका र हुन लागेका कानून अन्तर्राष्ट्रिय प्रचलन हेर्दा त्रुटि देखिए सच्याउन सिकने बताए ।

तर मनमा अरू नै कुरा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसक्ने बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘बहिष्कार आदि इत्यादिको अर्थ छैन । सत्ता लुछेर, कु गरेर आएको चिज होइन । यो जनताद्वारा निर्वाचित सरकार हो ।’

संवाद भने जरुरी रहेको बताए । उनले भने, ‘सत्ता हेरेर कानून बन्दैन, लोकतन्त्र हेरेर कानून बन्नुपर्छ, संविधान हेरेर कानून बन्नुपर्छ ।’

ताजा समाचार

spot_img

थप समाचार