Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026

पर्सा – १ मा...

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

मन्त्री जगदीश खरेल रास्वपाबाट...

काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा...

पोखराबाट दुर्गा प्रसाईं पक्राउ

पोखरा,०५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

बारामा नेकपाले टुंग्यायो उम्मेदवार,...

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार...
spot_imgspot_imgspot_img
8.2 C
Kathmandu
14.5 C
Birgunj
spot_img

प्रदेश–२ को प्रदेशसभामा दुई वटा विधेयक सर्बसम्मतिले पारीत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३१ बैशाख — प्रदेश–२ को प्रदेशसभामा दुई वटा विधेयक पेस गरिएको छ । सभामा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ संशोधन समिति गठनको प्रस्ताव प्रस्तुत गरिएको हो ।

 

मंगलबार बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेस गर्नुभएको थियो । त्यस्तै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रदेश सञ्चार सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी दुवै विधेयक सर्वसम्मतिले स्विकृत भएको छ । प्रदेशसभा कार्य सञ्चालन नियमावलीको नियम १०६ (१) र नियम १०७ (१) बमोजिम प्रदेश सञ्चार सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक पेस गरिएको हो ।

प्रदेश लोक सेवा आयोगको काम कर्तव्य र अधिकारबारे कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, नेकपाका मन्जु यादव र सुरेन्द्रबहादुर विश्वकर्माले विधेयकमा उल्लेखित ३ सदस्यीय समितिमा महिलाको सहभागिताको अनिवार्यता र पिछडिएका महिला, विपन्न लगायतका सहभागिताको समानुपातिक व्यवस्था सहितका कुरा संशोधन गर्नुपर्ने सुझाव दिएका छन् ।

त्यसैगरी प्रदेशसभा सदस्य शैलेन्द्रकुमार यादवले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ संशोधन गर्न ५ सदस्यीय नियमावली संशोधन मस्यौदा समिति गठन प्रस्ताव प्रस्तुत गरेका थिए । समिति गठनको प्रस्ताव पनि सर्वसम्मतिले स्विकृत भएको छ । सो समितिको सदस्यहरूमा रामआशिष यादव, रामसरोज यादव, सुरेन्द्रबहादुर विश्वकर्मा, बाबुलाल साह कानून र साबित्रीदेवी रहेका छन् । प्रस्तुत समिति गठन प्रस्तावमा राजपाबाट परमेश्वर साह, नेकपाबाट सुन्दरबहादुर विश्वकर्मा, कांग्रेसबाट उपेन्द्रप्रसाद कुशवाहा र नेपाल संघीय समाजवादीका सावित्री देवी साहले समर्थन जनाएकी छन् ।
प्रदेशसभाको अर्को बैठक जेष्ठ १ गते दिउसो २ बजे बस्ने भएको छ ।

ताजा समाचार

थप समाचार