आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

प्रदेश–२ को प्रदेशसभामा दुई वटा विधेयक सर्बसम्मतिले पारीत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३१ बैशाख — प्रदेश–२ को प्रदेशसभामा दुई वटा विधेयक पेस गरिएको छ । सभामा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ संशोधन समिति गठनको प्रस्ताव प्रस्तुत गरिएको हो ।

- Advertisement -

 

मंगलबार बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेस गर्नुभएको थियो । त्यस्तै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

- Advertisement -

प्रदेश सञ्चार सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी दुवै विधेयक सर्वसम्मतिले स्विकृत भएको छ । प्रदेशसभा कार्य सञ्चालन नियमावलीको नियम १०६ (१) र नियम १०७ (१) बमोजिम प्रदेश सञ्चार सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक पेस गरिएको हो ।

प्रदेश लोक सेवा आयोगको काम कर्तव्य र अधिकारबारे कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, नेकपाका मन्जु यादव र सुरेन्द्रबहादुर विश्वकर्माले विधेयकमा उल्लेखित ३ सदस्यीय समितिमा महिलाको सहभागिताको अनिवार्यता र पिछडिएका महिला, विपन्न लगायतका सहभागिताको समानुपातिक व्यवस्था सहितका कुरा संशोधन गर्नुपर्ने सुझाव दिएका छन् ।

त्यसैगरी प्रदेशसभा सदस्य शैलेन्द्रकुमार यादवले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ संशोधन गर्न ५ सदस्यीय नियमावली संशोधन मस्यौदा समिति गठन प्रस्ताव प्रस्तुत गरेका थिए । समिति गठनको प्रस्ताव पनि सर्वसम्मतिले स्विकृत भएको छ । सो समितिको सदस्यहरूमा रामआशिष यादव, रामसरोज यादव, सुरेन्द्रबहादुर विश्वकर्मा, बाबुलाल साह कानून र साबित्रीदेवी रहेका छन् । प्रस्तुत समिति गठन प्रस्तावमा राजपाबाट परमेश्वर साह, नेकपाबाट सुन्दरबहादुर विश्वकर्मा, कांग्रेसबाट उपेन्द्रप्रसाद कुशवाहा र नेपाल संघीय समाजवादीका सावित्री देवी साहले समर्थन जनाएकी छन् ।
प्रदेशसभाको अर्को बैठक जेष्ठ १ गते दिउसो २ बजे बस्ने भएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार