spot_img

हलिउड फिल्म ‘रेड’ को रिमेक बनाउँदै अनिल कपुर

spot_img
spot_img

बलिउड अभिनेता अनिल कपुरले हलिउड फिल्म ‘रेड’ को रिमेक बनाउने पक्का भएको छ। उनले दुई वर्षअघि नै रेडको रिमेक बनाउने घोषणा गरेपनि विविध कारणका कारण फिल्म बन्न सकिरहेको थिएन।

अनिलले यस फिल्मलाई निर्माण गर्नुका साथै फिल्ममा मुख्य भूमिकामा देखिनेछन्।

फिल्म रिमेक बनाउने अधिकार प्राप्त गर्ने बित्तिकै स्क्रिप्टका लागि काम सुरु गर्ने बताइएको छ। फिल्ममा अभिनाय गर्ने कलाकारको बारेमा भने केही बताइएको छ।

फिल्मको सुटिङ भने अर्को वर्षमात्रै सुरु हुनेछ।

रेड कमेडी एक्सन फिल्म हो। हलिउड फिल्ममा ब्रुस विलले मुख्य भूमिका खेलेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय