Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

प्रदेश २ सरकारद्वारा संचारसम्बन्धी विधेयक सच्याउने प्रतिबद्धता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ३ ज्येष्ठ — प्रदेश संसदमा विचाराधीन रहेको संचारसम्बन्धी विधेयकमा जरिवानासम्बन्धी वाक्यांश र शब्दहरू त्रुटीवश पर्न गएको भन्दै प्रदेश २ सरकारले सच्याउने प्रतिबद्धता जनाएको छ ।

प्रदेश न. २ का आन्तरीक मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र कुमार यादबले ाशुक्रवार एक विज्ञप्ति जारी गर्दै संचारकर्मीहरूले सम्प्रभुता विरुद्ध समाचार लेखेमा ५० लाखदेखि १ करोडसम्म जरिवाना गर्ने भन्ने वाक्यांश र अन्य केही शब्दावली प्राविधिक त्रुटिवश पर्न गएकाले यसलाई संचारकर्मीहरूको थप परामर्शबाट संशोधन परिमार्जन गरिने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

’प्रदेश संसदमा विचाराधीन संचारसम्बन्धी विधेयकका केही प्रावधानप्रति संचारकर्मीले असहमति र अस्वीकारोक्ति व्यक्त गर्नुभएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ’प्रेस स्वतन्त्रताको बहुआयामिक पक्षमाथि आघात पुग्ने र संचारकर्मीहरूको जनउत्तरदायी कार्य निषेध गर्ने कुनै पनि प्रयत्न वा नियत प्रदेश सरकारको नरहेको प्रष्ट गर्न चाहन्छु ।’ बिज्ञप्तीमा भनिएको छ ।

ताजा समाचार

थप समाचार