spot_img

पटेर्वासुगौली ५ देउरियामा प्रहरीको छापा,एक साताभित्रै करिब साढे ६ क्विन्टल भन्दा बढी लागू औषध बरामद “

spot_img
spot_img

जेठ ७,

पर्साको पटेर्वा सुगौलीमा फेरि प्रहरीले भारी परिमाणमा झण्डै ३ क्विन्टल लागु औषध तथा चरेस बनाउन प्रयोग हुने सामग्रीहरु समेत बरामद गरेको छ।गत शुक्रबार मात्र करिब ३ क्विन्टल ६३ किलोग्राम गाँजा र ७ किलोग्राम चरेस साथै गाँजाका लागी प्रयोग हुने उपकरणहरु बरामद गरेको प्रहरीले आजफेरि गाउँपालिकाको वडा ५ देउरियाबाट पुनः करिब २९४ किलोग्राम लागुऔषध तथा सामग्रीहरु बरामद गरेको हो।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारी नेतृत्वको प्रहरी टोलीले देउरिया गाउँका विभिन्न घरमा छापामारी गर्दा सो परिमाणको लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ।प्रहरीले सो टोलाका विभिन्न घर तथा खेतमा लुकाईछिपाई राखेको ४२ किलोग्राम चरेस ,१ क्विन्टल ७८ किलोग्राम गाँजा र ७४ किलोग्राम गाँजाको धुलो बरामद गरेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।उनले दिएको जानकारी अनुसार प्रहरीले स्थानीय ठग ओझैयाको घरमा रहेको धानको भकारीबाट मात्रै २२ किलोग्राम चरेस ,२४ किलोग्राम गाँजा साथै चरेस बनाउन प्रयोग हुने ११ थान मेसिन तथा काठको २३ थान साचो बरामद भएको छ भने बाँकी परिमाणकाे लागू औषध विभिन्न व्यक्तिको खेतबारीबाट बरामद भएको हो।

पछिल्लो समय लागु औषध ओसारपसार नियन्त्रणमा कडा रुपमा लागिपरेको पटेर्वा सुगौली प्रहरीले एक बर्षको अवधिमा झण्डै ११ क्विन्टल लागूऔषध बरामद गरेको प्रनि अधिकारीले बताए ।मकवानपुरका पहाडी क्षेत्रबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै तस्करहरुले गाँजा चरेस लगायत भारत पुर्याउने गरेको स्थानीयहरु बताउँछन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय