आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
16 C
Kathmandu
16 C
Kathmandu
23 C
Birgunj

पाँचथर हत्याकाण्ड : डीआईजीको टोली घटनास्थलमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबाटे गाउँमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको घटनाको अनुसन्धान गर्न प्रहरीको विशेष टोली परिचालन भएको छ। प्रदेश–१ का प्रहरी प्रमुख डीआईजी केदार रिजाल र संघीय इकाई प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्री घटनास्थलतर्फ लागेका हुन्। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशन दिँदै रिजाल र खत्री आफै घटनास्थलतर्फ हिँडेका हुन्।

- Advertisement -

डीआईजी रिजाल र एसएसपी खत्री नेत्रृत्वको टोली अहिले बाटोमै छ। टोलीले घटनास्थलमा पुगेर सबै वास्तविकता बुझ्ने र घटनाको अनुसन्धानलाई थप मद्धत गर्न सहयोग गर्ने प्रहरीले बताएको छ।

प्रदेश–१ प्रहरीका प्रवक्ता डीएसपी सिद्ध न्यौपानेका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर, क्षेत्रीय अनुसन्धान समूह (रिट) र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट विशेष टोली परिचालन भएको छ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पाँचथर र अन्य प्रहरी युनिटबाट भने प्रहरी घटनास्थलमा खटिइसकेको छ। ‘रातको समयमा यति ठूलो नरसंहार भएको पाइयो,’ न्यौपानेले भने,‘घटनाको अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउँदै दोषी पक्राउ गर्न प्रहरीको अलग–अलग टोली परिचालन गरेर सबै कोणबाट अनुसन्धान थालिएको छ।’

प्रहरीको तालिम प्राप्त कुकुर समेत लिएर प्रहरी टोली घटनास्थलमा खटिएको समेत उनले बताए। न्यौपानेले प्रहरी घटनाको अनुसन्धानमा जुटिसकेका कारण चाँडै वास्तविकता पत्ता लाग्ने र दोषी उम्कन नपाउने दाबी गरे। उनका अनुसार घटनास्थल पाँचथर सदरमुकाम फिदिमबाट लगभग ६० किलोमिटर टाढा छ।

त्यस्तै स्थानीय प्रहरी चौकीबाट घटना भएको ठाउँ लगभग ६ किलोमिटरको दूरीमा छ। ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्माको घरमा भएको घटनामा ९ जनाको हत्या भएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -