Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

रवि लामिछानेको निवेदनको सुनुवाइ...

काठमाडौं,०९ बैशाख । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा...

तीनकुने घटना : मुख्य...

काठमाडौँ,०९ वैशाख । तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य योजनाकार...

सातै प्रदेशका मुख्यमन्त्री र...

काठमाडौँ,०९ वैशाख । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई लक्षित गर्दै दायर गरिएको...

एमाले बीरगन्ज महानगर कमिटीको...

बीरगन्ज,०९ वैशाख । नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान...
spot_imgspot_imgspot_img
30.1 C
Kathmandu
41.7 C
Birgunj
spot_imgspot_imgspot_img

जनप्रतिनिधि तथा कर्मचारी विचको टकराव, विकास निर्माण प्रभावित, कमिसन नमिले पछि हुन्छ नाटक मंचन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040
वीरगन्ज ७ जेठ –  बारा पर्साको अधिकांश स्थानिय तहमा जनप्रतिनिध तथा प्रमुख प्रशासकिय अधिकृतहरुको टकरावका कारण विकास निर्माण लगायतको कार्यमा अवरोध सृजना भईरहेको छ । जनप्रतिनिध तथा प्रमुख प्रशासकिय अधिकृतहरुको टकरावमा आर्थिक बर्षको समाप्ती हुने बेला सम्म यी अवरोधहरु कायम रहेकोले जनताको सिंहदरबारको परिकल्पना आशातीत नरहेको भान हुन थालेको छ ।
प्रमुखहरुको अुनुकुल काम नगर्ने स्थानिय निकायका प्रमुख प्रशासकिय अधिकृतहरुलाई जनप्रतिधिहरुकै दाबावमा सरुवा गर्ने कार्य हुने गरेको छ भने कतिपय स्थानमा प्रमुख प्रशासकिय अधिकृतहरु नै आफै बस्न नरुचाएर सरुवा लिई रहेको देखिएको छ । गापा नपाहरुमा ६ / ६ महिनामा अधिकृतहरुको सरुवा हुन थालेपछि विकास निर्माण लगाएतको काम अलपत्र परिरहेको सर्वसाधारण जनताको गुनासो रहेको छ । पर्साको बिन्दवासिनी गाउँपालिका, पर्टेवा सुगौली गाउँपालिका, कालिमामाई गाउँपालिका, पोखरिया नगरपालिका लगायतका स्थानीय तहमा कर्मचारी तथा जनप्रतिनिधिहरु विचको टसलका कारण विकास निर्माणको कार्यले गति लिन नसकेको आमसर्वसधारणहरु गुनासो रहेको छ ।
त्यसैगरी बाराको करैंयामाई गाउँपालिका, बरियारपुर गाउँपालिका, पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका लगायतका स्थानीय तहमा पनि कर्मचारी तथा जनप्रतिनिधिहरुको टसलका कारण विकास निर्माणको कार्य प्रभावित भएको छ । कर्मचारी तथा जनप्रतिनिधिहरु बिच कुरा नमिल्नुको प्रमुख कारण मध्ये विकास निर्माण लगाएतको कार्यमा आर्थिक भ्रष्टाचारमा भागबण्डा नमिलेको कारण रहेको श्रोतहरुको भनाई रहेको छ ।
पर्साको कालिकामाई गापा अध्यक्ष नथुनी प्रसादका अनुसार, जनप्रतिनिधिको कुरा नटेरेपछि बाध्य भएर हटाउनु परेको अवस्था आइरहेको छ । थप्दै भने, प्रशासकिय अधिकृतहरुको पहिलेदेखिको आफुखुशी आधारमा काम गर्ने बानी परेको थियो तर हालको परिप्रेक्ष्यमा उनीहरुलाई जनप्रतिनिधिको आदेश बमोजिम काम गर्नुपर्ने अवस्था रहेकोले यस्तो समस्या देखा परेको हुन सक्ने जिकिर गरे । बाराको करैयामाई गापा उपाध्यक्ष चित्रलेखा कुमारी चौधरीका अनुसार, वर्तमान अवस्थामा हाम्रो गापामा कुनै समस्या नरहेको बताउँदै, जनप्रतिनिधि सोझासाझा भएका कारण र प्रशासकिय अधिकृतहरु कुरा नटेर्ने स्वाभावका भएका कारण समग्रको समस्या हुन सक्ने बताइन् ।
थप्दै, कानूनी जटिलताका कारण पनि समस्या भइरहेको भनिन् । पर्साको पोखरिया नपाका उपमेयर सलमा खातुनका अनुसार, जनप्रतिनिधि तथा प्रशासकिय प्रमुखहरु बिच समस्या उत्पन्न हुने सम्भावनामा कानूनी अनुभव पनि रहेको देखिएको छ । तर, सबै ठाउँमा यस्तो समस्या नरहेको बताइन् । कुशाल कार्य सम्पादन गर्नको लागि जनप्रतिनिधि र कर्मचारी बीच सकारात्मक समन्वय हुन आवश्यक रहेको प्रतिकृया दिनुभयो ।
पर्साको जगरनाथपुर गापाका प्रशासकिय अधिकृत राज कुशवाहाका अनुसार, समग्रमा भन्नु पर्दा जनप्रधिनिधिहरु कानूनी अनुभवका बिषयमा कमजोर रहेको कारण समस्या आउने गरेको हो । कतिपय स्थानिय तहमा परिषदको कार्य ढिलो गरि हुने गरेकोले कार्य विकास निर्माण लगायतका काम पछि परेको प्रतिकृया व्यक्त गरे । कतिपय स्थानिय तहमा कमिसको कुरा मिल्न नसक्दा विकास निर्माणको कार्य पनि ढिला भइरहेको सर्वसाधारणको आरोप छ ।
स्थानिय तहहरुलाई नियमन गर्न तथा आई पर्ने समस्यालाई समाधान गर्नका लागि मध्यस्तता गर्ने निकाय जिल्ला समन्वय समिति सँग कानुन अभावको कारण पालिकाहरुमा देखिएको बिथितीलाई कानून सम्मत तरिकाले हल गर्न नसकेको अवस्था रहेको छ ।
स्थनिय निकायका जनप्रतिनिधिहरुले कर्मचारीहरुले कुरा नटेरेको तथा आफु खुशी बजेटहरु चलाउँने गरेको वताउँछन् भने कर्मचारीहरु जनप्रतिनिधिहरु कानुन मिचेर काम गर्न खाजेको कारण समस्या हुने गरेको वताउँछन् । स्थानिय निकायहरुका प्रमुख प्रशासकिय अधिकृत तथा पालिका प्रमुखहरु बिच बेलाबखत वोलचाल बन्द समेत हुने गरेका छन् ।
यसरी पालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुखहरु बिच बोलचा समेत बन्द भई दिदा विकास निर्माणका कार्यहरु प्रभावित हुदै आएका छन् । बारा, पर्साका थुपै स्थानिय तहहरुमा आवको अन्ततिर गाउँसभाबाट अनुमोद भएका योजनाहरु सम्पन्न भएका छैनन् भने पेश्की फ्छौवटको लागि पनि नियमन निकायबाट खासै पहल भएको देखिएको छैन् । नेपाल पोष्ट डेलीले पर्सा बाराका प्रायः जनप्रतिनिधि तथा प्रशासकिय अधिकृतहरुसँग प्रतिकृया लिने प्रयास गरयो । तर, धेरैले प्रतिकृया दिन मानेन भने कतिपयको मोबायल स्विच आफ आइरहेको थियो ।

ताजा समाचार

spot_img

थप समाचार