सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

कांग्रेसले गठन गरेको छाया सरकारले कसरी काम गर्छ ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । झण्डै दुई तिहाइ बहुमत भएको कम्युनिष्ट सरकारको कामको निगरानी गर्न भनेर विपक्षी दल कांग्रेसले छाया सरकार गठन गरेपछि यसले कसरी काम गर्छ भनेर बहस हुन थालेको छ ।

- Advertisement -

करिब ६ महिनाअघि कांग्रेस संसदीय दलको बैठकले सरकारको कामको निगरानी गर्न भन्दै छाया सरकार बनाउने घोषणा गरेको थियो । त्यही घोषणा अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार सम्बन्धित मन्त्रालय हेर्ने गरी छाया सरकार गठन गरेका हुन् ।

कांग्रेसले २१ वटा मन्त्रालय तोकेर हरेक समितिमा ३ जना सदस्य रहने गरी छायामन्त्रीहरुकलाई मनोनयन गरेको छ । छाया सरकारमा उद्योगमन्त्रीको जिम्मेवारी पाएका छाया मन्त्री मीन विश्वकर्माका अनुसार छाया सरकारले वास्तविक सरकारको काम कारवाहीको प्रत्यक्ष निगरानी गर्ने र यतिले पनि नपुगे सडकमा समेत जाने छन् ।

- Advertisement -

उनले भने,‘कांग्रेसले विषयगत अथवा भनौँ मन्त्रालयगत समिति भनेको छाया सरकारले सरकारको हरेक कामको सुक्ष्म मुल्यांकन गर्नेछ ।’ उनी भन्छन्, ‘बहुदलीय, संसदीय पद्धती अबलम्बन गर्ने र त्यही माध्यमबाट सरकार सञ्चालन गर्ने आदर्श सिद्धान्त बोकेका दलहरुले सत्तापक्ष र प्रतिपक्ष हुन्छ भन्ने कुरामा दृढ विश्वास छ । सोही मान्यताअनुसार बहुमत प्रप्त दल सत्तामा जाने र निकतटम प्रतिस्पर्धी दलले आफ्नो ‘स्याडो गर्भमेन्ट’अथवा छाया सरकारको रुपमा सरकारले गरेका काम कारबाहीहरुलाई नजिकबाट नियालेर निगरानी गर्ने र गलत भयो भने जनतासमक्ष पुर्‍याइदिने यसको मुख्य जिम्मेवारी हो । सोही अनुसार नेपाली कांग्रेस पार्टी अहिले प्रमुख प्रतिपक्ष भइसकेपछि संसदीय दल कार्यसमितिको बैठकबाट छाया सरकार अथवा विषयगत समिति गठन भएको हो ।’

छाया सरकारका मन्त्रीको काम के ?

छाया सरकारको उद्योगमन्त्रीको जिम्मेवारी पाएका छाया मन्त्री विश्वकर्माका अनुसार छाया सरकारका मन्त्रीहरुले सरकारले गर्ने नीतिगत निर्णयदेखि कामबारबाहीको सुक्ष्म मुल्याकंन गर्नेछन् । उनले सरकारले गरेका गलत काम सच्याउन सदनमा दबाब दिने र नसच्चिए सडकमा जाने चेतावनी दिएका छन् ।

उनी भन्छन्,‘जसलाई जिम्मेवारी दिइएको छ, २१ वटा मन्त्रालय छन्, २१ जनालाई छायामन्त्री तोकिएको छ । सम्बन्धित समितिको मातहतमा रहेका सदस्यहरुसँग समन्वय गरेर नीतिगत क्षेत्रहरुमा कार्यगत क्षेत्रहरुमा र योजनाहरुबाट राज्यलाई र जनतालाई पर्ने असरका बारेमा जनतालाई जानकारी गराउनेछौँ । जनताको भावनाहरुलाई संसदमा समेत उठाउने यदी संसदबाट सम्बोधन हुन सकेन भने जनताको भावनाअनुसार सडकसम्म लैजान पनि पहल गर्ने हो । ’

छायामन्त्रीसँग मिलेर काम हुन्छ : मातृका यादव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामको निगरानी गर्न भन्दै गठन गरेको छाया सरकारका मन्त्रीहरुसँग समेत समन्वय गरी काम गर्ने वास्तविक सरकारका मन्त्री मातृका यादवले बताएका छन् ।

मन्त्री यादवले भने, ‘छायामन्त्रीहरु बन्ने विषय राम्रो हो, सरकारलाई सहयोग हुन्छ, मलाई त सहयोग हुन्छ, मैले त्यो बुझेको छु ।’ मंगलबारको संसद बैठकमा छाया सरकारको उद्योगमन्त्रीको जिम्मेवारी पाएका मीन विश्वकर्मासँग मुखामुख भएको र आँखा–आँखाका बिचमा कुरासमेत भएको मन्त्री यादवले बताए । उनले भने,‘हामीले कतै कमिकमजोरी गरेका छौँ भने सचेत गराउनुपर्‍यो । मेरो मन्त्रालयको छायामन्त्रीसँग मैले कुरा गरेको छैन, आज मैले यसो आँखा–आँखामा कुरा गरेँ, हामी छलफल गर्छौँ ।’

सत्तारुढ दल भन्छ, सकारात्मक सहयोगको अपेक्षा छ

कांग्रेसले छाया सरकार गठन गरेसँगै सत्तारुढ दल नेकपाका नेताहरुले सरकारलाई सकारात्मक सहयोग हुने अपेक्षा गरेको बताएका छन् । सत्तारुढ दलका नेकपाका नेता तथा पूर्वमन्त्रीसमेत रहेका सांसद सोमप्रसाद पाण्डेले कांग्रेसको अहिलेको प्रतिपक्षीय भुमिका सकारात्मक नदेखिएको भन्दै छाया मन्त्रीहरुले सरकारलाई सहयोग गर्ने विश्वास लिएको बताए ।

उनले भने, ‘हामी त के सोचेका छौँ भने सकारात्म र रचनात्मक खालको सुझाव दिनका लागि छाया सरकार गठन भएको बुझेका छौँ । अहिलेसम्म कांग्रेसको संस्कार त सरकारलाई रचनात्मक सुझाव दिने खालको कुरा त भएको छैन, उहाँहरु नयाँ इस्युमा बढि कुरा उठाउने, अबरोध गर्ने मात्रै भइरहेको छ । तर हामी आशा गरेका छौँ, सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्ने कुरामा विश्वास लिएका छौँ ।’

छाया सरकार गठन यसअघिको पनि अभ्यास

यसअघि २०४८ सालमा कांग्रेस नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार रहेको बेला समेत तत्कालिन एमालेले छाया सरकार गठन गरेको थियो । तत्कालिन नेकपा एमालेका नेता मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको तत्कालिन छाया सरकारको गृहमन्त्रीका रुपमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली थिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार