[ndc-today-date]
[ndc-today-date]

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...

सुनको मूल्य बढयो

काठमाडौँ,०८ जेठ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज मात्र सुन...

१० महिनामा यूएईमा २६१...

काठमाडौं,०८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म)...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

नेपालले पहिलो पटक सगरमाथाको उचाइ नाप्यो ।

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं ८ जेष्ठ — नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ । बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको हो ।

- Advertisement -

नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिए ।

नापी टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको र टोली आजै फर्कने जोशीले बताए । सगरमाथाको उचाइ कति भन्ने ५ महिनापछि मात्रै थाहा हुने सहसचिव जोशीले बताए ।

- Advertisement -

सगरमाथाको उचाइ नाप्न नापी टोली यही चैत्र २७ गते काठमाडौंबाट हिडेको थियो ।

यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो। उनीहरुले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेका थिए । सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गरेका थियो । उक्त टोलीले सगरमाथाको उचाइ ८,८५० मिटर मापन गरेको थियो ।

दुई टोलीले सगरमाथाको उचाइ फरकफरक मापन गरेपछि नेपाल सरकारको टोलीले आफैँ उचाइ नाप्ने हो ।

ताजा समाचार

spot_img

थप समाचार