मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

एसईई को परीक्षा तालिका...

काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१...

जय ट्रफी उपाधिका लागि...

बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि...

माघे संक्रान्ति देशभरी धुमधाम...

काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ...

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
13.9 C
Birgunj
spot_imgspot_imgspot_img

‘नेपालसम्म रेल ल्याउन कठिन तर, चीन प्रतिबद्ध’

सिफारिस

काठमाडौं, ९ जेठ – चीनले नेपालसम्म रेल मार्ग बनाउन कठिन रहेको बताएको छ । यद्यपि रेल ल्याउने कार्यमा चीन सरकार प्रतिबद्ध रहेको भन्दै उसले नेपाल सरकारको तर्फबाट पनि सकारात्मक पहल भइरहेको भन्दै खुसी व्यक्त गरेको छ ।

- Advertisement -

बिहीबार काठमाडौंस्थित दूतावासमा पत्रकार सम्मेलन गर्दै नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले भनिन्, ‘राजनीतिक सहमति भयो भन्दैमा भोलि नै रेलवे लाइन बनिहाल्छ भन्ने छैन । यद्यपि रेल नेपालसम्म ल्याउन चिनियाँ सरकार पूरै प्रतिबद्ध छ ।’

क्रस बोर्डर रेलवे लाइन निर्माण भौगोलिक रुपमा धेरै कठिन र धेरै खर्चिलो रहेको उनले बताइन् । यसका लागि अझै विस्तृत र वैज्ञानिक अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

- Advertisement -

बिभिन्न चार चरणका काम पूरा गर्नुपर्ने भन्दै उनले अहिले पहिलो चरणको पि्र-फिसिबिलिटीको काम मात्र सकिएको बताइन् । दोस्रो चरणमा फिसिबिलिटी अध्ययन, तेस्रो चरणमा डिजाइन र चौथो तथा अन्तिम चरणमा निर्माणको काम सुरु हुने उनले बताइन् ।

‘नेपाल-चीन क्रस बोर्डर रेलवे धेरै महत्वपूर्ण छ । तर, यो धेरै कठिन छ । सहज छैन हामीलाई,’ राजदूत यान्छीले भनिन्, ‘यो लामो समयको प्रोजेक्ट हो । तर, हामी निर्माणका लागि प्रतिबद्ध छौं ।’

यस विषयमा नेपाल सरकार, रेल विभागका अधिकारी र चिनियाँ टोलीबीच छलफल जारी रहेको जानकारी उनले दिइन् । उनले भनिन्, ‘हामीले आफ्नो तर्फबाट तयारी जारी राखेका छौं । नेपालको तर्फबाट विस्तृत तयारी जारी रहोस् ।’

नेपाल-चीन रेलवे निर्माण गर्न खर्च कति लाग्छ र कुन मोडेलमा बन्छ भन्ने कुराको पनि टुंगो नलागेको जानकारी उनले दिइन् ।

‘तातोपानी नाका अर्को हप्ता खुल्छ’

चिनियाँ राजदूत यान्छीले भूकम्पले क्षति पुर्‍याएको तातोपानी नाका अर्को हप्ता खुल्ने जानकारी दिइन् । ‘धेरै खतरा र चुनौतिको बाबजुद पनि हामीले निर्माण कार्य सकेका छौं । अब अर्को हप्ता तातोपानी नाका खुल्छ,’ उनले भनिन्, ‘यसमा हामीले महत्वपूर्ण प्रगति हासिल गरेका छौं ।’

तातोपानी नाका अर्को हप्ता खुल्ने बताए पनि उनले ठ्याक्कै मिति भने खुलाइनन् ।

राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण उपयुक्त समयमा हुने बताइन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार