[ndc-today-date]
[ndc-today-date]

सुनको मूल्य बढयो

काठमाडौँ,०८ जेठ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज मात्र सुन...

१० महिनामा यूएईमा २६१...

काठमाडौं,०८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म)...

विदेश पठाउने प्रलोभनमा ठगी...

काठमाडौं,०८ जेठ । वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभन देखाई ठगी गरी फरार रहेका...

पत्नीको हत्या गरेका हरिराम...

जनकपुर,०८ जेठ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा पत्नीको हत्या गरेर फरार रहेका हरिराम यादवलाई...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगञ्जमा यो वर्ष राजश्वको लक्ष्य भेट्टाउन मुस्किल

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

९ जेठ, काठमाडौं । देशको प्रमुख भन्सार नाका वीरगञ्जमा नै यो वर्ष राजश्वको लक्ष्य भेट्टाउन मुस्किल भएको छ । मुख्य रुपमा पेट्रोलियम पदार्थ र सवारी साधनको आयातको वृद्धिदर घट्दा वीरगञ्ज भन्सार कार्यालयलाई लक्ष्य भेट्टाउन हम्मे परेको हो ।

- Advertisement -

कार्यलयका प्रमुख श्यामप्रसाद भण्डारीका अनुसार, वैशाख मसान्तसम्म लक्ष्यभन्दा १६ अर्ब कम राजश्व उठेको छ । यो भनेको लक्ष्यको ८८.२८ प्रशितत मात्रै हो ।

वैशाख मसान्तसम्म वीरगञ्ज भन्सार कार्यालयले १३९ अर्ब राजश्व उठाउनुपर्ने थियो । तर, १२२ अर्बमात्रै उठेपछि कार्यालयलाई लक्ष्य भेट्न सकस परेको हो ।

- Advertisement -

‘गत वर्षको यही अवधिको भन्दा ३१ प्रशित बढी राजश्व उठेको हो, तर लक्ष्यभन्दा केही पछि नै पर्‍यौं,’ भण्डारीले भने,‘हामीले भन्सार राजश्वको लक्ष्य भट्टाउन आयात–निर्यात सहजीरकण गरिरहेका छौं ।’

यो वर्ष पेट्रोलियम पदार्थको आयातमा हुने वृद्धिदर अप्रत्यासित रुपमा खुम्चिँदा राजश्व लक्ष्य भेट्न अप्ठेरो अवस्था सिर्जना भएको भण्डारीले बताए । वैशाखसम्म यो नाका भएर आउने पेट्रोलियम पदार्थको आयात २२ प्रतिशत मात्रै बढेको छ । गत वर्षहरुमा यसको वेद्धिदर योभन्दा निकै उच्च हुन्थ्यो ।

यसैगरी औद्योगिक कच्चापदार्थको आयातको वृद्धिदरमा पनि गत वर्षहरुको जस्तो उत्साहजनक वृद्धि देखिएको छैन । यसले वीरगञ्ज भन्सार कार्यालयलाई चापमा पारेको छ ।

वीरगञ्जबाट गाडीको मूल्यका हिसावले यो वर्ष ५.९ प्रतिशत मात्रै आयात बढेको छ । राजश्वको हिसावले हेर्दा ५२ प्रतिशत बढी मात्रै राजश्व गाडीबाट उठ्न सकेको छ । यो वर्ष गाडीको आयातदर आएको गिरावटले पनि लक्ष्यलाई प्रभावित गरेको भण्डारीको दावी छ ।

निर्यात गतवर्षभन्दा केही बढे पनि त्यसको परिमाण निकै सानो हुँदा राजश्वमा त्यसको प्रभाव देखिन नसकेको हो । अधिकांश सामानको आयातमा हुने वृद्धिदर घटेका बेलमा राजश्व लक्ष्य भने ३५ प्रतिशतभन्दा बढी भएकाले वीरगञ्ज भन्सारले लक्ष्य भ्ट्टाउन गरेको प्रयासले सार्थकता पाउन सकेको छैन ।’

गत वर्षहरुमा आर्थिक वर्षको अन्त्यतिर भन्सारका गाडीहरु थुप्रिने र अन्तिम समयमा भन्सार तिरेर छुटाउने गरिएको थियो । तर, यो वर्ष भन्सार यार्डमा २ सयभन्दा गाडी छ्ट्न बाँकी छैनन् । हुन्डाई, इसुजु र टोयोटका केही गाडी मात्रै छुट्न बाँकी छन् ।

यसका कारण पनि आर्थिक वर्षको अन्त्यमा ठूलो दरमा भन्सार उठ्नेमा आशंका छ । ‘हामीले भन्सरमा आएका गाडी तुरुन्त छटाएर लैजान भनिरहेका नै छौं । ६० दिनभन्दा बढी गाडी यहाँ रहँदैनन्,’ उनले भने,‘भन्सार मूल्यांकन र जाँचपासलाई वैज्ञानिक तथा सहज बनाएका नै छौं । त्यसैले अब प्राकृतिक रुपमै आर्थिक वर्षको अन्तयमा केही उत्साह थपिन्छ किन भन्ने आशामा छौं ।’

यो वर्ष वीरगञ्ज भन्सार कार्यालयलाई मात्रै १ खर्ब ७१ अर्बको राजश्व लक्ष्य दिइएको छ । ब्यापार घाटा घटाउने लक्ष्य लिएको सरकारले भन्सारको लक्ष्य भने निकै महत्वाकांक्षी राखेपछि यस्तो अवस्था आएको भन्सार अधिकाकारीहरु बताउँछन् । अब लक्ष्य भेट्टाउन वीरगञ्ज भन्सारलाई दुई महिनाभित्रै ५० अर्ब राजश्व संकलन गर्नुपर्ने हुन्छ । जुन अब सम्भवनाबाट टाढा गइसकेको देखिन्छ ।

वीरगञ्जमा जस्तै नाकामा पनि समस्या देखिएको छ । यसकैका कारण सरकारले वैशाख मसमान्तसम्म झण्डै लक्ष्यभन्दा ९७ अर्ब रुपैयाँले कम राजश्व उठाएको छ । जेठ महिनासम्म सरकार राजश्व लक्ष्यबाट झण्डै १४० अर्बले पछि पर्ने अनुमान राजश्व अधिकारीहरुको छ ।

ताजा समाचार

spot_img

थप समाचार